तनहुँ-१ : ३८ हजार ७९४ मत गन्दा कसको कति ?

तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार मत कटाएका छन्।

सोमबार साँझसम्म २७ वटा वडाको मतगणना सकिँदा भट्टराईले दस हजार मत कटाएका हुन्।

२७ वडाका ३८ हजार ७९४ मतगणना सकिँदा भट्टराईले ११ हजार ६६९ मत ल्याएका हुन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १९ हजार ६५३ मत ल्याएका छन्।

एमालेका सर्वेन्द्र खनालको भने ६ हजार २३६ मत छ।

TOP