Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

काठमाडौ-३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडौ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई फराकिलो मतान्तरले पछि पार्दै चालिसेले १५ हजार १ सय ५८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

०७४ सालमा सो क्षेत्रबाट निर्वाचित राईलाई यस पटकको निर्वाचनमा चालिसेले सुरुवाती समयबाट नै पछि पार्दै आएका थिए । पराजित राईले ११ हजार १ सय ९६ मत प्राप्त गरेका छन् । चालिसे ३ हजार ९ सय ६२ मतान्तर सहित विजयी भएका हुन् ।

वडा अध्यक्ष हुँदै गोकर्णश्वर नगरपालिकाका निवर्तमान मेयर र नेपाली कांग्रेसका क्षेत्रिय सभापतिको जिम्मेबारी कुशलतापूर्वक निर्वाह गरेका चालिसे प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने अनुमान पहिले नै गरिएको थियो ।

काठमाडौं क्षेत्र नं. ३ मा प्रदेश सभा सदस्य तर्फ पनि कांग्रेसले नै जितेको हासिल गरेको छ । कांग्रेसका छिरिङ दोर्जे र विमल ठकुरी दुवै जना विजयी भएपछि यस पटक ३ नं. क्षेत्रबाट पूर्ण रुपमा काँग्रेसले विजय हासिल गर्न सफल भएको हो ।

TOP