Trending

टेक्ससको फोर्टवर्थमा गोली प्रहार: ५ बर्षिय बालक र १७ बर्षिय किशोरको मृत्यु-१८ महिने बालक घाईते

अमेरिकाको टेक्ससमा भएको गोलीकाण्डमा १  बालक सहित एक किशोरको ज्यान गएको छ । टेक्ससको फोर्टवर्थमा आईतबार दिउँसो २:१५ बजे चलेको गोलीबारीमा  ५ बर्षका बालक सहित १७ बर्षिय किशोरको ज्यान गएको हो ।

अमेरिकन सञ्चार माध्ययमका अनुसार टेक्ससको फोर्ट वर्थ सागिनाव बुलेभार्ड र बोसवेल रोड नजिकैको स्टिल डस्ट ड्राइभमा रहेको घर परिसरमा बसिरहेका मानिसहरुलाई गाडीबाट आएर अज्ञात बन्दुकधारीहरूले अन्दाधुन्दा गोली चलाउँदा १ बालक सहित १ किशोरको ज्यान गएको हो ।

गोली चलाएर फरार रहेका बन्दुकधारीहरु फरार रहेकाले प्रहरीले उनिहरुको पक्राउका लागि अनुसन्धान अघि बढाईसकेको छ । दिउँसको समयमा भएको यस घटनामा १८ महिने बालक घाईते भएका छन् । उनको उपचार भै रहेको छ ।

TOP