‘मुद्दा लडेर संसदमा फिर्ता ल्याएको संसदबाट भत्ता खाने बाहेक अरु अपेक्षा गर्न सकिदैंन’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा लडेर फिर्ता ल्याएको संसदमा भत्ता खाने बाहेक केही काम नभएको आरोप लगाएका छन् । नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालत समेत यसको भागिदार रहेको बताएका हुन् ।
संसद् प्रभावकारी बन्न नसक्नुको कारणमाथी केन्द्रित हुँदै ओलीले पछिल्ला राजनितीक चलखेलले आफूले गरेको विघटनको औचित्य पुष्टि गर्दै गएको दाबी पनि गरेका छन् । संसद प्रभावकारी बन्न नसक्नुमा सर्बोच्च अदालतको समेत भूमिका रहेको भन्दै उनले बर्तमान सरकार सर्वोच्च अदालतले टीको लगाइ दिएर बनेको सरकार भएको बताए ।
ओलीले भने मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के काम गर्छ र विचरा !’
विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताएका ओलीले बर्तमान सरकार परमादेशबाट बनेकाले कहिलेकाही सत्तामा उन्माद आउँने भन्दै ब्यग्यं पनि गरेका छन् ।