Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

नेपाली ईतिहासमा अर्को जित: ह्यारी भण्डारी सांसद पदमा पुन: दोहोरिए-सरहाना श्रेष्ठ भारी मतले निर्वाचित

नोभेम्बर ८ तारिकका सम्पन्न अमेरिकी राज्य सभा निर्वाचनमा दावेदार रहेका नेपाली मुलका २ उमेद्वार ह्यारी भण्डारी र सरहाना श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाली मुलका पहिलो अमेरिकी राज्य सांसद ह्यारी भण्डारी दोस्रो कार्यकालका लागि पनि विजयी भएका छन् । मेरिल्याण्ड राज्य विधानसभामा डा. भण्डारी कूल १२ हजार ३ सय ४४ मत सहित निर्वाचित भएका हुन् ।

त्यस्तै नेपाली मुलकी दोस्रो राज्य सांसद तथा पहिलो नेपाली महिला संसदका रुपमा ईतिहास रच्न सफल सरहाना श्रेष्ठले ३५ हजार ४ सय ९३ मत सहित निर्वाचित भएकी हुन् ।

विधान सभा सदस्यका लागि भएको चुनावी प्रतिस्पर्धामा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई पराजित गर्दै डेमोक्र्याट तर्फबाट विजयी भएकी हुन् । अझै केही मत पेटिकाबाट आएका मतपत्र गन्न बाँकी रहे पनि उनलाई अफिसियल प्रोजेक्टेड विनरको रुपमा घोषणा भएको छ ।
यस पटक उमेद्वार रहेका दुवै नेपाली निर्वाचित भएपछि मेरिल्याण्ड र न्यूयोर्क संगै सिंगो नेपाली समुदायले खुसि व्यक्त गर्दै विजयी भण्डारी र श्रेष्ठलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिरहेका छन् ।

भण्डारी र श्रेष्ठ दुवै डेमोक्र्याट पार्टीबाट निर्वाचित भएका हुन् ।

गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार बनेका उनिहरु मध्य भण्डारी मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट दोस्रो कार्यकालका लागि र श्रेष्ठ न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको सांसद पदमा निर्वाचित भएका हुन् ।

जसरी भण्डारीले दशैं विधायक देखी धेरै प्रकारका नेपाली लक्षित कार्यक्रमलाई पूर्णता प्रदान गरेका छन् त्यसै गरि श्रेष्ठले पनि नेपालीका पक्षमा थप योजनालाई अघि सार्ने देखिन्छ । यसबाट नेपाली मुलका प्रतिनिधी तथा नयाँ पुस्तालाई अमेरिकी राजनितिमा प्रवेश गर्ने थप वातावरण सृजना हुन सक्ने देखिन्छ ।

ह्यारी भण्डारीले एम्पायर स्टेट भनिने न्युयोर्कको राजधानी अलबानीमा एक नेपाली चेलीलाई एसेम्बेली मेम्बर भनिने राज्य सांसदका रूपमा पाउनु अत्यन्त गर्वको विषय भएको बताएका छन् ।

भण्डारी र श्रेष्ठ गत जुलाईमा भएको प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार बन्न सफल भएका थिए ।

यस पटकको निर्वाचनमा करिव ६० हजार नेपाली मुलका मतदाताले मतदान गरेका थिए । २ उमेद्वार नेपाली मुलकै भएको यस निर्वाचनमा नेपाली मतदाता संख्या ३५ बर्ष यताकै उच्च संख्यामा देखिएको थियो । यसले भण्डारी र श्रेष्ठको आ आफ्नो क्षेत्रको मत पनि बढ्न गएको थियो ।
नेपाली मतदाता संख्या भएकै कारण नेपाली बाहुल्यता उच्च रहेको टेक्सस न्युयोर्क लगायत राज्यमा अन्य मुलका उमेद्वारले पनि नेपाली समुदायका प्रतिनिधीसंग सहकार्यमुलक छलफल गर्दै आएका थिए ।
ह्यारी भण्डारी
दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा रहेका नेपाली मुलका पहिलो साँसद ह्यारी भण्डारीले दशैं बिद्यायक देखी नेपाल र नेपाली भाषाको परिचय स्थापित गर्नमा महत्वपूर्ण कामहरु गर्दै आएका छन् ।

युनिभर्सिटी अफ मेरिल्याण्ड, बाल्टीमोरबाट विद्यावारिधि (पी.एचडी.) समेत नेपाली शिर्षक अर्थात ‘अमेरिकी नेपालीहरूको राजनीतिक सहभागिता तथा भाषिक एकीकरण’ मा गरेका भण्डारीले मेरिल्याण्डको वुडल्यानमा गोली लागि ज्यान गुमाएका २४ वर्षीय मेधावी नेपाली विद्यार्थी सागर घिमिरेको नाममा विधेयकको अफिसियल शीर्षक ‘वर्कग्रुप टु स्टडी एक्सट्रिम रिस्क प्रोटेक्टिव अर्डर्स (सागर घिमिरे एक्ट)’ अर्थात् अति जोखिम सुरक्षा आदेश अध्ययनका लागि कार्य समूह (सागर घिमिरे ऐन) दर्ता पनि गराएका छन् ।

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका (बाना)लाई बाल्टिमोर काउन्टीबाट २ लाख ५० हजार डलर सहयोग लगायतका बिभिन्न शिर्षकहरुमा नेपाली लक्षित कार्यक्रमलाई अघि बढाएका भण्डारी यस पटक पनि निर्वाचित हुनुे नेपाल र नेपाली समुदायका लागि यो अर्को ऐतिहासिक जीत हो ।

सरहाना श्रेष्ठ
न्युयोर्क राज्यको राज्य सांसदका लागि भएको डेमोक्रेटिक प्राइमरी निर्वाचनमा डिस्ट्रिक्ट १०३ बाट निवर्तमान राज्य सांसद केभिन चाहिललाई पराजित गर्दै निर्वाचित भएकी श्रेष्ठ लामो राजनितिक अनुभव सहित यस निर्वाचित नेपाली चेली हुन् ।

तिन दशकदेखि राज्य सांसद रहँदै आएका प्रभावशाली नेता केभिनलाई पराजित गर्दै डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार बनेकी श्रेष्ठ अमेरिकी नागरिक बनेको केही बर्षमा नै उमेद्वारका रुपमा चुनावी मैदानमा देखिएकी थिईन् ।

सन् २००१ मा अध्ययनको लागि अमेरिका आएकी श्रेष्ठ सोही समय देखी अमेरिकी राजनितिमा जोडिएकी हुन् । यद्यपी लामो समय सम्म अमेरिकी नागरिकता नलिएकी उनले सन् २०१९ मा आएर अमेरिकी नागरिकता लिएकी थिईन् ।

अमेरिकी नागरिकता नलिएरै पनि सक्रिय राजनितिमा लागेकी उनले नागरिकता पाएको २ बर्षमा नै आर्थात सन् २०२१ मा उमेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचन मार्फत जीत हासिल गरेकी थिईन र हिजो सम्पन्न निर्वाचनबाट उनि संसद पदमा देखिएकी छन् ।

TOP