Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

प्रचण्डलाई ओलीको जवाफ ‘एमसीसी बारे पहिले सत्तारुढ स्पष्ट होस्’

काठमाडौं, २८ माघ:नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सबैभन्दा पहिले सत्तारुढ दल स्पष्ट हुनुपर्ने प्रस्टाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिफोन मार्फत प्रतिपक्ष दल एमालेलाई स्थिति प्रस्ट पार्न गरेको आग्रहको जवाफमा ओलीले सत्तारुढ दल पहिलो स्पष्ट हुनुपर्नेमा जोड गरेका हुन् ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसीमा एमालेले निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टेलिफोनमार्फत् आग्रह गरेको थिए । ‘पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ-तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,’ ओलीलाई उद्यृत गर्दै रिजालले जानकारी दिए, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन, पहिले आफूले निर्णय गर्नुस, नेकपा एमाले त निर्णय गरिहाल्छ ।’

रिजालका अनुसार सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले अमेरिकन सहयोग एमसीसीका बारेमा पहिला धारणा बनाउनु पर्ने एमालेका पुर्ववतः भनाइ कायमै छ ।

TOP