Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

कोभिड विरुद्धको नेपालको लडाईंमा थाईल्याण्डको सहयोग

कोभिड पेण्डामिक दोस्रो लहरले नेपाल आक्रान्त बन्दै गएपछि थाईल्याण्डले सहयोग हस्तान्तरण गरेको छ । दोस्रो लहरको कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन थाइल्यान्डले १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको हो ।

सङ्केन्द्रक नेपालका लागि थाइल्यान्डका राजदूत भोसिटा भोरासाले शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गराएका १७ थान अक्सिजन सङ्केन्द्रक थाइल्यान्डका जनताले थाई गुम्बा लुम्बिनी मार्फत उपलब्ध गराएका हुन्।

पछिल्ला साताहरुमा नेपालमा कोभिड पेण्डामिकको दोस्रो लहरका कारण ठुलो संख्यामा मानिसको मृत्यु हुनुका साथै दैनिक हजारौंको संख्यामा संक्रमित बढ्दै गएपछि थाईल्याण्डका जनताले स्वत स्फुर्त रुपमा सहयोग गरेकाले नेपाली दुतावासले थाइल्यान्डका जनताबाट प्राप्त उक्त सहयोग नेपाल र थाइल्यान्डबिचको आत्मीय एवम् सद्भावपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गरेको जनाएको छ ।

TOP