Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

भ्रष्टाचारका ठूला फाइल खोल्न प्रधानमन्त्री प्रचण्डलाई राजेन्द्र लिङ्देनको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका ठूला फाइल खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।

आइतबार भएको पार्टीनिकट महिला संगठनको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले वाइडबडी, लडाकु शिविरलगायतको फाइल पनि खोल्न आग्रह गरेका हुन्।

‘लामो समयदेखि नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्।  अहिले केही मानिसहरू पक्राउमा परेका छन्। एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नाम आइरहेका छन्। म यहीँबाट सरकारलाई भन्न चाहन्छु- यो छानबिनको क्रम जसरी अगाडि बढेको छ। विगतका वाइड बडि काण्ड, ललिता निवास, एनसेल काण्डजस्तै यो काण्ड सेलाएर जान हुँदैन। यो देखाउनका लागि मात्रै हुनु हुँदैन,’ लिङ्देनले भने।

‘यदि प्रधानमन्त्री पुष्पकमल दाहालले सुनियतका साथ सुविचारका साथ यो कदम अगाडि बढाएको र यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राप्रपा यसमा समर्थन गर्दछ,’ उनले भने, ‘उहाँले वाइडबडि लगायतको फाइल खोल्नुपर्छ। प्रचण्ड कति वर्ष सरकारमा बस्ने हो राप्रपा समर्थन गर्न तयार छ।’

माओवादी लडाकु शिविरको घोटला काण्डबारे पनि फाइल खोल्न उनले आग्रह गरे।‘लडाकु शिविरको घोटाला उहाँकै शीरमाथि लागेको छ। फाइल खोलेर उहाँले आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्‍यो। तर भ्रष्टाचारको डुंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइँदैन।’

TOP