तनहुँ-१ मा ४२ मध्ये २२ वडाको मतगणना सकियो, कसले मत कति पाए ?
काठमाडाैं । तनहुँ -१ मा झन्डै आधा मतणना सकिएको छ। निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये दिउँसो तीन बजेसम्म २२ वडाको मतगणना सकिएको हो । तीमध्ये आबुखैरेनी गाउँपालिकाका ६ , भानु नगरपालिकाका ११ र देवघाट नगरपालिकाका ४ वडाको मतगणना सकिएको छ। गणना भएकामध्ये अधिकांश वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य उम्मेदवारभन्दा बढी मत पाएका छन्। अहिलेसम्म ३१ हजार २१९ मत गनिसक्दा स्वर्णिम वाग्लेले १५ हजार ९५८ मत ल्याएका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० र एमालेका सर्वेन्द्र खनालले ५१६६ पाएका छन्।
कुन वडामा कसले कति मत पाए ?
आबुखैरेनी-१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत पाएका छन्।
आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत पाएका छन्।
आँबुखैरेनी-३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत ल्याएका छन्।
आँबुखैरेनी-४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाएका छन्।
आँबुखैरेनी-५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाएका छन्।
आँबुखैरेनी-६ को ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाएका छन्।
भानु-१ को १६७६ मतमध्ये स्वर्णिम वाग्लेले १०४४, गोविन्द भट्टराई ३८९ मत पाए र सर्वेन्द्र खनालले १७५ मत पाए।
भानु-२ को १४१४ मतमध्ये स्वर्णिम वाग्लेले ८२३, गोविन्द भट्टराई ३८९ र सर्वेन्द्र खनालले १६३ मत पाए।
भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत पाएका छन्।
भानु-४ मा १६७५ मत खसेको थियो। त्यहाँ रास्वपाका वाग्लले ७५९, कांग्रेसका भट्टराईले ४८२ र एमालेका खनालले ३९४ मत पाएका छन्।
भानु-५ को १५८४ मतमध्ये वाग्लेले ७७६, भट्टराईले ५३१ र खनालले २३७ मत पाएका छन्।
भानु-६ को १४६२ मतमध्ये वाग्लेले ६८४, भट्टराईले ५४९, खनालले १७७ म पाएका छन्।
भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत पाएका छन्।
भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत पाएका छन्।
भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत पाएका छन्।
भानु-११ को २०१४ मतमध्ये वाग्लेले १२०२,भट्टराईले ५९३ र खनालले १८३ मत पाएका छन्।
भानु-१२ को १६८७ मतमध्ये स्वर्णिम वाग्लेले ८६०, गोविन्द भट्टराईले ५८८ र सर्वेन्द्र खनालले १८७ मत पाए।
देवघाट-१ को ११३८ मतमध्ये वाग्लेले २७८, भट्टराईले ३३३ र खनालले ४९४ मत पाएका छन्।
देवघाट-३ को ६४३ मतमध्ये गोविन्द भट्टराई ३२२, सर्वेन्द्र खनालले ५४ र स्वर्णिम वाग्लेले २४९ मत पाएका छन्।
देवघाट-४ को ६८१ मतमध्ये गोविन्द भट्टराई २७२, सर्वेन्द्र खनालले २३०, स्वर्णिम वाग्ले १६८
देवघाट-५ को २७५८ मतमध्ये स्वर्णिम वाग्लेले १३८६, गोविन्द भट्टराई ६९५ र सर्वेन्द्र खनालले ६०५ मत पाए।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना कार्य जारी छ।