दशैंका यात्रु बोकेर काठमाडौंबाट गएको बस दुर्घटना: २ को मृत्यु – ३७ घाईते
मकवानपुरमा दशैंको यात्रु बोकेका बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३७ जना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर नजिक रात्रिकालिन बस दुर्घटना हुँदा ठुलो संख्यामा यात्रुहरु घाईते हुनुका साथै २ जनाको ज्यान गएको हो ।
दशैंका यात्रु बोकेको सो बस दुर्घटनामा मोरङ बेलबारी–८ की कल्पना राजवंशी र झापा दमक– का दिल्लीबहादुर दर्जीको मृत्यु भएको छ । गम्भिर घाईते भएका उनिहरुको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाण्डौबाट दमकका लागि हिँडेको ना ७ ख २०३२ नम्बरको रात्रिकालिन सो बसमा अनियन्त्रित भइ सडकबाट खसेको हो । घाईते मध्य गम्भिर अवस्थामा रहेका काठमाडौं, चितवन र हेटौंडाका अस्पतालमा उपचार भै रहेको छ । जसमध्य २ दुई जनाको काठमाण्डौको बीएण्डबी अस्पताल, ३ जनाको पुरानो मेडिकल कलेज चितवन, १ जनाको हेटौँडा अस्पताल र १ जनाको हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।