फेरी आए बिमर्षी ‘हातमा बाला’ लिएर (भिडियो)
गायक हरी गीरी विमर्षीको नयाँ गीत “हातमा वाला” सार्वजनिक भएको छ । गायक विमर्षी स्वयंको शब्द संगीत रहेको यो गीत ईन्दिरा शाहसंगको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
कृष्ण केसीको संगीत संयोजन रहेको यस गीतमा चक्र बम र यागंशु श्रेष्ठको अभिनय रहेको छ । माया प्रेम र विश्वासको भाव अभिब्यक्त डान्सिगं विटको यस गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन र अजय रेग्मीले छायांकन गरेका हुन् ।
विमर्षिको यस अघि सार्वजनिक “अन्तराष्ट्रिय मान्छे, चाइनाको रेल ” यतिवेला टिकटकमा अत्याधिक लोकप्रियता हासिल गरिरहेका छन् ।
को हुन् गायक हरी गिरी बिमर्षी ?
बुवा ओमलाल गिरी र आमा ईन्दिरा गिरीको सन्तानको रुपमा कालीगण्डकी ५ लम्करा गुल्मी (सावीक) फोक्सीङ् १ लम्करा गुल्मीमा जन्मेका गायक हरी गिरी “बिमर्षी” ले २०७३ सालमा ईतिहासमा नाम होस् बोलको गीत रेकड गराएर औपचारिक संगीत यात्रा सुरु गरेका हुन् ।
गायक विमर्षी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल नाम हो । कक्षा नौ मा पढ्दाताकाबाट गीत गाउन सुरु गरेका गायक तथा सर्जक बिमर्षीका यस अघिका गीतहरु ओई भन्यो मायाले झ्यालबाट,छक्कै परें देखेर, संगै हुने कहिले, अरवको लाहुरे, याद आउने दील लगायतका गीतहरु स्रोता दर्शकको प्रशंसा पाएका गीतहरु हुन् ।
विमर्षी नेपाली मौलिक परिवेशका टिपिकल शब्दहरुलाई कलात्मक रुपले संयोजन गरेर उत्कृष्ट गीत नेपाली संगीत बजारलाई दिंदै आएका गायक हुन् । उसो त उनि सबै प्रकारका गीतहरुलाई उत्तीकै सम्मान गर्ने संगीतकर्मी हुन् । नेपाली माटो र अवस्था सुहाउँदो शब्द र संगीतले नेपालीको वास्तविक परिचय बोकेको हुन्छ भन्ने लाग्छ उनलाई । उनका मन पर्ने गायक जीवन शर्मा हुन् ।