युवा पुस्तामाझ लोकप्रिय तथा नेपाली संगीत क्षेत्रका राम्रो गायकको छवि बनाएका भरत सिटौलाको नयाँ गीत सलल सलल सार्वजनिक भएको छ । रमेश अधिकारीको शब्द र गायक स्वयंको संगीत रहेको यो गीत आज भिडियो सहित सार्वजनिक भएको हो ।

गायक सिटौलाकै युटुव च्यानल मार्फत सार्वजनिक भएको ‘सलल सलल’को भिडियोलाई फराज अर्पणले निर्देशन र छायाँकन गरेका हुन् । प्रेमको अभिब्यक्तीलाई कलात्मक रुपमा चित्रण गरिएको भिडियोमा अर्चना पन्थी र लुसानको अभिनय रहेको छ ।

गायक भरत सिटौलाका ‘कैले आगो कैले पानी’, ‘माया लाउन त धेरैले खोजे’ ‘हरपल तिम्रै नाम’ (हरेराम), ‘ओ रिया’  गीतहरु अत्यन्त चर्चित गीतहरु हुन् भने पछिल्ला बर्षहरुमा सार्वजनिक भएका ‘अचानक’, ‘कि आउँछु भन’ ‘फोटो’ , ‘बैंशमा’, ‘चिसो चिसो’, लगाएतका दर्जनौं गीतहरु स्रोता दर्शकले अत्यन्त रुचाएका गीतहरु हुन् ।

 

Comments

comments