यूएस खबर संवाददाता \ टेक्सस

अमेरिकाको टेक्सस स्थित डालसमा चौंथो नेपाली न्युइएर कप २०७५ हुने भएको छ । DFW Himalayas FC को आयोजनामा बिगत ४ बर्षदेखी निरन्तर हुँदै आएको यस प्रतियोगीता  आगामी अप्रिल १३ र १४ का दिन डालसमा चौंथो नेपाली न्यु ईएर कप आयोजना हुने भएको हो ।

क्लबका अध्यक्ष दिनेश थापाले यूएस खबरलाई दिएको जानकारी अनुसार यस प्रतियोगीतामा सहभागी हुने टिमले मार्च २३ सम्म टिम दर्ता गर्नु पर्नेछ । सहभागीता शुल्क अमेरिकी डलर ४०० राखिएको छ ।

सेभेन ए साईड अर्थात एक समुहमा ७ जना फुटबल खेलाडी रहने यो प्रतियोगीताका बिजयीहरुले ट्रफिको साथमा नगद पुरस्कार प्राप्त गर्ने छन् ।

गोल नेपाल डटकम र अमेरिकाबाट सञ्चालित नेपाली अनलाईन पत्रिका यूएस खबर डटकम मिडिया पार्टनर रहेको यस प्रतियोगीताबारे थप जानकारीका लागी (२१४)३००-९२६१ र (२१४)६०४-४९१८ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

 

Comments

comments