म्याग्दीमा जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । राखुबाट बेनी आउँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा आइतबार दिउँसो दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

सडकबाट १ सय मिटर तल खसेको सो जीप दुर्घटनाका घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको म्याग्दी प्रहरीले जनाएके छ । घाईतेहरुको बेनी अस्पतालमा उपचार भै रहेको छ ।

दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

 

तस्बिर : भरत रकाल

Comments

comments