अमेरिकाको कोलोराडोमा सकृय सामाजिक संस्था लङमन्ट हिमालयज् लायन्स क्लवले यो बर्षको शैक्षिक छात्रवृतीको लागि निवेदन आह्रान गरेको छ । क्लवले हरेकबर्ष ४ जना नेपाली छात्र छात्रालाई प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तीका लागि यो बर्ष आवेदन खुल्ला भएको जानकारी दिंदै निवेदनका लागि आह्रवान गरेको हो ।

२ हजार ५ सयका दरले प्रदान गरिने यो छात्रवृत्ती नेपाली मुलका जेहेन्दार विद्यार्थीलाई प्रदान गरिदैं आएको छ । कक्षा १२ पढ्दै गरेका बिद्यार्थीलाई थप उच्च शिक्षाका लागि सहयोग र प्रोत्साहन होस् भन्ने हेतुले प्रदान गरिन लागेको यस छात्रवृत्तीका लागि आवश्यक कागजात सहित आगामी अप्रील १ तारिक सम्म निवेदन दिनु पर्ने जानकारी क्लवले दिएको छ ।

लङमन्ट हिमालयज् लायन्स क्लवका अनुसार छात्रवृत्तीका लागि केही मापदण्ड तोकिएको छ जस अन्तरगत कोलोराडो क्षेत्रमा बसोवास गर्दै आएका र हाल १२ मा अध्यनरत छात्रछात्राले मात्र यो छात्रवृत्तीका लागि आवेदन दिन सक्ने छन् भने कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखीत पत्र, सांस्कृतीक खेलकुद लगायतका अतिरिक्त कृयाकलापमा सहभागी भएका प्रमाणपत्र साथै हाल अध्ययनरत बिद्यालयले छात्रवृत्तीका लागि सिफारिस गरेको कागजात पेस गर्नु पर्ने छ ।

यसका साथै बिद्यार्थीले भविश्यमा आफुले स्थानीय लायन्स क्लबको सपोर्ट लेटरको साथमा निवेदकको बर्तमान र भबिश्यको लक्षका बारेमा तयार गरिएको निवन्ध समेत समावेश गर्नु पर्ने छ ।

 

 

 

Comments

comments