नेपाली गजल गायनमा पछिल्लो समय लोकप्रिय युवा गायक तथा संगीतकार राज सागरको एकल गजल गायन हुने भएको छ । गजलकार विकास प्रहरका गजल बाचन सहित उनिद्वारा रचित गजलहरु गायक राज सागरको प्रस्तुत गर्ने भएका हुन् ।

विकास प्रहरको गजल बिषेश कार्यक्रम २०७५ नाम दिर्ईएको यस कार्यक्रम बिगत केहि बर्षदेखी निरन्तर हुँदै आएको छ । गत असार ५ गते पनि संगै यि दुई स्रष्टा र कलाकारको साथमा एकल गजल साँझ आयोजना गरेको त्रिपुरा न्युज साप्ताहिकले यस पटकको कार्यक्रम Warble Lounge & Bar माईतीघर मण्डलामा माघ २८ गते सोमबार आयोजना गर्दैछ ।

२ हजार र १ हजार प्रवेश शुल्क राखिएको यस कार्यक्रममा गायक राज सागरले गजलकार बिकास प्रहरद्वारा लिखित रक्तलाली पोतिएको अधर, बौलाएँ म, रोएर पिएको आँशु सराव हुँदैछ लगायतका गजलहरु प्रस्तुत गर्ने छन् ।

 

 

Comments

comments