आईटिएफ यु–१८ ग्रेड फाईभको सर्किट १ अन्तर्गत पुरुष तर्फको उपाधि जापानका जेनी इनोईले जितेका छन् । महिला तर्फ भने चीनकी लि यु लिउ च्याम्पियन बनिन् । एकसातासम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित प्रतियोगिताका शनिबार फाईनलमा पुरुष तर्फ जापानका जेनी इनोईले हङकङका केल लोक यनताङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधी आफ्नो नाममा लेखाए । जितसंगै उनले आइटीएफको ३० अंक प्राप्त गरेका छन् । दोश्रो स्थानमा चित्त बुझाएका इन ताङले १८ अंक प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत महिला एकलतर्फ उपाधी चीनकी लि यु लिउले हात पारिन् । फाइनल खेलमा बुल्गेरियाकी भिक्टोरिया भेलेभालाई ६–३, ६–१ को सेटमा पराजित गदै लिउले उपाधि जित्दै ३० अंक प्राप्त गरिन् भने दोश्रो भएकी भिक्टोरियाले १८ अंक आफ्नों खातामा जोडिन् ।

पुरुष डबल्सतर्फ भारतका उदयबिर सिंह र फिलिपिन्सका जोसे एन्टोनियो ट्रियाको जोडीले प्रथम स्थान हाँसिल ग¥यो । जोसे जोेडीले फाइनलमा जर्मनका पाउल अर्मिन अल्बे्रच्ट र अमेरिकाका हानु पटेलको जोडीलाई ६–२, ७–५ को सेटमा पराजित गरे । महिला डबल्सतर्फ चाइनाका लि यु लिउ र इतोङ झाङको जोडीले चाइनाकै क्ङ्गिलिन झाङ र जिछुअन जेङको जोडीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै प्रथम हुन सफल भए । डबल्सतर्फ प्रथम हुनेले आइटीएफको २५ अंक प्राप्त गरे भने दोश्रो हुने जोडीले १३ अंक प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरुलाई स्थानिय संयोजनकर्ता कास्की जिल्ला टेनिस संघले पदक पुरस्कार प्रदान गरेको छ । खेलाडीहरुलाई संघ कास्कीका अध्यक्ष दोर्जे लामा, अग्रज पत्रकार नारायण कार्की, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेल, कास्की जिल्ला टेनिस अभिभावक संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । यसैविच प्रतियोगिताको सर्किट २ को पूर्वछनौट खेलहरुपनि शुरु भइसकेको संघ कास्कीका महासचिव नविन चालिसेले जानकारी दिए । सर्किट २ को मुख्य प्रतियोगिता सोमबारदेखि शुरु हुने छ ।

 

Comments

comments