अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली नेता किम जोङ किमलाई देख्नका लागि र अघि बढिरहेको शान्तिका कारण आफु उत्सुक रहेको बताएका छन् । दोस्रो शिखरवार्ता फेब्रुवरी २७ र २८ का दिन दोस्रो भेटवार्ता भियतनामको राजधानी हानोइमा हुने घोषणा गर्दै ट्रम्पले ट्वीट मार्फत सो कुरा बताएका हुन् ।

शनिबार बिहान ट्वीट गर्दै ट्रम्पले भनेका छन् ‘म किमलाई देख्नका लागि र अघि बढिरहेको शान्तिका कारण निकै उत्सुक छु’ ।

ट्रम्पले लगतै अर्को ट्रवीट गरी उनको क्षमताबारे आफु पूर्ण जानकार भएको बताउँदै किमको नेतृत्वमा उत्तर कोरिया एक आर्थिक महाशक्ति बन्न सक्छ र ‘किमले केही आश्चर्य गर्न सक्छन् भन्दै उत्तर कोरिया र नेता किमको निकै प्रसंशा गरेका छन् ।

केही दिन अघी अमेरिकी विदेश मन्त्रालयले शिखर बैठक भियतनाममा हुनसक्ने बताएको जनाएको थियो ।
उत्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई लिएर विवाद उत्पन्न भइरहेको सन्दर्भमा दुबै मुलुकबीच दोस्रो शिखर बैठक हुने अनुमान गरिएको थियो । यसअघि ऐतिहासिक पहिलो शिखर बैठक गत वर्ष जुनमा सिंगापुरमा भएको थियो ।

प्योङयाङ र वासिङटनबीच पहिलो शिखर बैठकमा भएका सहमतिको कार्यान्वयनलाई लिएर दुबै मुलुकबीच घनीभूत छलफलमा छन् । उक्त सहमतिमा नेता कीमले उत्तर कोरियाको सुरक्षा प्रत्याभूति भए पूर्ण आणविक निःशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा नभएकोमा उत्तर कोरियाली नेता कीमले निरन्तर असन्तुष्टी व्यक्त गरिरहेका छन् जबकी अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रमको पूर्ण पालना नहुँदासम्म प्रतिबन्धहरु फुकुवा नहुने अडान राख्दै आएको छ ।

 

 

Comments

comments