भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि तोडफोड भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षिय कृष्ण प्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । रुखको घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारमा अस्पतालको लापरबाही गरेका कारण भुसालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । तोडफोडबाट अस्पतालको रिसेप्सनको सिसा फुटेको छ भने कागजपत्र च्यातिएको छ । तोडफोडबाट करिब एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

Comments

comments