जिल्ला अदालत कास्कीले नेविसंघका ३ विद्यार्थी नेतालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।  पोखरा महानगरको गाडी जलाएको आरोपमा माघ १९ गते पक्राउ परेका ती विद्यार्थीलाई अदालतले छाड्न आदेश दिएको हो ।

शनिबार पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा नेविसंघका कार्यकर्ताले पेट्रोल छर्केर पोखरा मासबारमा जलाइएका  थिए । आगो लगाइएको गाडी जलेर ध्वस्त भएको छ । गाडी जलाएको अभियोगमा विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई प्रहरीले शनिबारै पक्राउ गरेर उनीहरु विरुद्ध अपराधिक उपद्रव मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश काजीबहादुर राईको इजलासले विद्यार्थी नेता परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

 

Comments

comments