शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्न माग गरेका छन्। वर्तमान सरकारले किशानका पक्षमा कुनै पनि काम नगरी आफ्नो निरिहता प्रदर्शन गरेकोले अरोप लगाउँदै कृषि मन्त्रालय खारेज गर्न माग गरेका हुन् ।

आफुले पटक पटक यो बिषयमा कुरा उठाउँदा आफैंलाई लाज लागेको तर सरकारले कुनै चासो नदेखाएको आक्रोस पोख्दै बरु कृषि मन्त्रालय नै खारेज गरे किशानले आसमा दिन बिताउन नपर्ने बताए । उनले भने ‘यो बिषय उठाउँदा मलाई नै लाज भइसक्यो। तर जसलाई लाज लाग्नुपर्ने हो, उसले लाज नमानेपछि म पनि लाज नमानी भन्दैछुु, त्रिपाठीले भने, सरकार जसको भए पनि किसानलाई केही भएन। उत्पादक हैरान र विचौलिया मालामाल भए।’

कुनै पनि कृषकले सोचो जस्तो लाभ लिन नपाएको भन्दै उनले किसानले आफ्नो उत्पादनको १८ प्रतिसत मा पाउँदै आएको र ८२ प्रतिसत आम्दानी अरुकै हातमा पुग्ने गरेको दावि गरे ।

त्रिपाठीले नेपाली कांग्रेसको सरकार भएको बेला दुई लाख मेट्रिक टन चिनी भारतबाट आयात गरी नेपालमा उत्पादित चिनी बिक्री हुनै नसक्ने अवस्था सिर्जना गरिएको स्मरण गराउँदै उनले फेरि त्यही अवस्था आउनेतर्फ सचेत गराउन आग्रह गरे।

 

Comments

comments