व्यवसायी एवम् सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यको नयाँ पुस्तकसार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष: जीवनपछिको जीवन’ लोकार्पण गरिएको हो ।

समता स्कुलका संस्थापक उत्तम सञ्जेल र समालोचकरसाहित्यकार गीता त्रिपाठीको हातबाट लोकार्पण गरिएको शाक्यको यस पुस्तक बिमोचन समारोहमा बोल्दै रङ्गकर्मी प्रकाश सायमीले कार्यक्रममा कर्ण शाक्यको बाहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । पुस्तकले व्यावहारिक ज्ञानमा जोड दिने र मानिसलाई उद्यमशील बनाउन सघाउने उनको भनाइ छ । खोक्रा सिद्धान्त मात्र नभई उद्यमशीलताका व्यावहारिक पक्ष उल्लेख रहेको यो पुस्तक उपयोगी रहेको उनले बताए ।

त्यस्तै कार्यक्रममा शिक्षासेवी सञ्जेलले नेपालमा उद्यमशीलताको विकास हुनुपर्नेमा जोड मात्र दिएनन्, कर्ण शाक्यका पुस्तकले उद्यमशीलता विकासमा सघाउने बताए । भने साहित्यकार त्रिपाठीले ७५ वर्ष कटिसक्दा पनि शाक्यमा रहेको लेखन ऊर्जाको तारिफ गर्दै शाक्यको यो पुस्तकलाई ‘व्यवहार सिकाउने गीता’का रुपमा चित्रण गरिन् ।

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको यस पुस्तकको मूल्य ४९८ रुपैयाँ रहेको छ ।

 

Comments

comments