सोम विक्रम सिंह

गाँजालाई लागू पदार्थ मात्रै देख्नेलाई गुगन्ध नै होला तर यसको बहु उपयोगी गुणलाई उपयोग तथा व्यबस्थित गरे भने सुनमा सुगन्ध हुन जान्छ । बिदेशीले अमुल्य बनस्पतिलाई नियतबस नष्ट गर्न सिकाए, हाम्रा घाँस खानेहरूले गाँजा जस्तो अमुल्य वनस्पतिलाइ ध्वस्त पार्दैछन् ।

बिदेशमा यसलाई ट्रेडमार्क गराएर बिभीन्न औषधी बनाएर धमाधम आफ्ना जनता निरोगी , रोगमुक्त बनाउँदैछन् , हाम्रो गोरूहरूको दिमागमा घाँस बाहेक बुद्धी कहिले छिर्ने ? हो चिनी धेरै खाए तितो हुन्छ त्यस्तै औषधी मात्रा भन्दा धेरै सेवन गरे बीष हुन्छ । यसलाई औषधी माने संजिवनी हो , त्यसै धोकेर बसे लागू पदार्थ नै हो । तसर्थ गाँजाको अमुल्य गुणलाई पहिचान गरौं । यसबाट प्राप्त हुने गुणलाई उपयोग गरौँ , रातदिन सेवन गरि गँजडी नबनौ ।

गुलाम सरकारले त यसको गुण के बुझ्ला र बिदेशीले हग भन्दा हग्ने , मुत भन्दा मुत्ने । त्यहि बस्तुलाई बिदेशीले क्यान्सर , पार्किन्सन , सुस्त मनस्थिती अल्जमाईर तथा अन्य घातक देखि सामान्य रोग सम्मलाई निको पार्ने र रोग रोकथाम गर्न औषधी बनाई बिक्री बितरण गरिसक्यो , हाम्रा भेंडाहरू चाहि यस्तो अमुल्य बनस्पतिलाई लागु पदार्थ भन्दै नष्ट पार्दैछन् । यसबाट बन्ने कपडा त झन् सबै भन्दा बलियो , टिकाउ तथा स्वस्थकर हुन्छ । गाँजाको बोटबाट निस्कने रेसाले फ्याब्रिक बनाई बजारमा जुत्ता , झोला , बास्केट , तथा अन्य विभिन्न सामान उत्पादन भईरहेको छ । त्यसबाट उत्पादन भाङको अचार , जिब्रोमै झुण्डिरहन्छ ।

झन् अहिले त बिदेशमा गाँजाबाट ईट्टा पनि उत्पादन शुरू भईसक्यो । यसको उत्पादन तथा खेति गर्न अरू बनस्पति जस्तो गाह्रो पनि छैन । जस्तो माटोमा पनि उव्जने , न पानी न मल न जल न कुटो कोदालो, कति सहजबाट उम्रन्छ । सबैभन्दा बिडम्वना त हामी गाँजा ड्रग भनि नष्ट गर्दै गर्दा बिदेशीले यस बनस्पतिलाई महत्व दिई यसको गुणहरूलाई अन्वेषण गरि विभिन्न औषधी उत्पादन गर्दै ट्रेडमार्क गर्दैछन् ।

गाँजा हाम्रो हो त्यसको ट्रेडमार्क हाम्रै हुनपर्छ नत्र बास्मति चामललाई भारतले ट्रेडमार्क वनाएर नेपालीलाई जिल्लाएको झैँ हुनजान्छ । हरे तिम्रा घाँस खाने बुद्धि , बरू गाँजा खाने बुद्धिले यसको संरक्षण गर्दै गरेको महशुस हुन्छ । बिश्वमा यसलाई खुल्ला गर्दैछन् हामी बन्देज लगाउँदैछौं । यसको प्रयोग गरौं तर दुरूपयोग नगरौ । उठे देखि बिस्तरामा नढले सम्म गाँजा सेवन गरि गजेडी नवनौ । रक्सि खाएर विभिन्न रोग लागेर मरे भन्ने सुनिन्छ गाँजा खाएर मरेको कसैले सुनेको छ ? गाँजा खाएर चाक मात्रै सुकेको सुन्या छु मैले त । तसर्थ घाँस खाने बुद्धि होईन गाँजा खाने बुद्धी बनाउनुस् ।

नेपाल प्रहरीले गाँजा समातेको खबर ठुला ठुला अक्षरमा छापिएर आएको देख्दा हाँसो लाग्छ । हुन त कानुन नै दिमागमा घाँस भरेकोले बनाएका छन् । प्रहरीले गाँजा फडानी गरेको सुन्दा मन गह्रुङ्गो भएर आउँछ । गुगलमा गएर सर्च गरे पत्ता लागिन्छ यसको बहुमुल्य उपयोगिता छ । भर्खरै अन्वेषण तथा खोजबाट निस्केको परिणामले के देखाउँछ भने गाँजामा भएको नन साईको याक्टिभ केमिकलले लागू पद्वार्थ सेवनकर्ता , अल्कोहलिक तथा साईको ब्यक्तिलाई रोग रोकथाम तथा पुर्ण निर्मुल गर्ने औषधीको रूपमा प्रयोग हुन सक्ने देखाएको छ । अहिले बजारमा देखिएको र बिदेशमा ठूलो मात्रामा निर्यात हुने बस्तुमा हेम्पको फ्याव्रिक तथा अन्य बस्तु देखिन आएको छ ।

गाँजालाई पुर्ण रूपमा बन्देज लगाउने गर्ने , ठूलो प्रपञ्च गर्नेमा फर्मास्युटिकल र रक्सी कम्पनि नै छन् । कैयौंले रक्सिले मातिएर झैझगडा गरेर बस्नु भन्दा गाँजा सेवन गरि आनन्दले शान्तिपुर्वक योग तथा ध्यान गरेर बस्नु नै उपयुक्त मान्छन् । गाँजा उत्पादनमा जोड दिए रक्सि र फर्मास्युटिकल कम्पनि नै आवश्यक पर्दैन र प्राय सबै बन्द हुन्छ । त्यही पनि बिदेशीहरूको ईसारामा नेपालमा किन गाँजालाई रोक लगाईयो सोध र खोजको बिषय हो ।

किन भारतमा चरेसलाई को रूपमा मुद्धा चलाईन्छ तर हिरोईन तथा अन्य केमिकल ड्रग्सलाई समाते त्यसै छोडिन्छ वा नजर अन्दाज गरिन्छ । कसैले सुन्नु भएको छ भारतमा कुनै नेपाली कोडेक्स , फेन्सिडिल , अन्य केमिकल ड्रग्समा समातिए , जेल चलान भए भन्ने ? किनभने भारतमा केमिकल ड्रग्स उत्पादन गर्नु नै बोर्डरका नेपाली टार्गेट गर्नु जस्तो देखिन्छ । नेपालमा सहज प्राकृतिले उमारेको प्राकृतिक गुणमुलक औषधी गाँजा नेपाली जनताको बलियो आय स्रोत हुन्छ भनी यसलाई रोक्ने भारतको प्रपञ्च पनि हुनसक्छ । नेपाल प्रहरी तथा सरकारले ध्यान दिने हो भने केमिकल ड्रग्स जस्तै कोकिन , हिरोईन , ब्राउन सुगर , एसिड , एलएसडि , साईकोडेलिक ड्रग्स तथा अन्य ईन्जेक्ट ड्रग्स लाई निमीट्यान्न पार्न अत्यावश्यक छ । अहिले भारत तथा ब्याङककबाट यस्को एकदमै आयत भईरहेको छ , नेपालको प्रत्येक लाउन्ज , डिस्कोमा सहज र सरल रूपले व्यापार भईरहेको छ । यसलाई तु रोक्न तथा कडा कानुन ल्याई सख्त कार्बाही गर्न अत्याबस्यक छ ।

अहिले सम्पूर्ण देशले हाम्रो बीउ बिजन आफ्नो देशमा लगि गाँजालाई मेडिकल ड्रग्सको रूपमा उत्पादन तथा प्रयोग गर्न लागिसके । घरघरमा प्राकृतीले सित्तैमा प्रदान गरेको वरदानको रूपमा औषधी छ । गाईलाई पेट खराव भए गाँजा खोलेमा मिसाएर ख्वाएको हामीले देखेकै हौं । यो सहज सरल र नेपालको भुमीमा जता पनि प्राप्त हुने औषधी मुलक झार हो । यसको सहि प्रयोगले देशले आर्थिक उन्नतीमा अग्रगामी छलाङ लगाउन सकिन्छ । देशको पशुपति नाथ र गाँजाको सहि उपयोग भए नेपाली नेताले मागेर देश चलाउन पर्दैन । तर यस्तो बहुमखी तथा औषधी मुलक झारलाई नजर अन्दाज गरिन्छ , बुझ्न गाह्रो छ ।

मेरो ब्यक्तिगत कुरा भन्नू हुन्छ भने म गाँजा सेवन गर्नै सक्दिन बरू टुच्च लगाएर नाच्न औधी मन पर्छ । गाँजा खाएर लोलाएर तथा झोक्रेर बस्नु भन्दा टुच्च लगाएर साथीभाई तथा परिवारसँग गफ गर्न र नाच्नै रमाईलो लाग्छ । तर कसैले रक्सी खाएर मुसो भएर पनि हात्तीको व्यवहार गरे र बकम्फुसे गफ गरे वाईहात व्यवहार देखाए मेरो दिमागको तार खुस्किन्छ , पारो तात्तिन्छ । हुन त कति नेपालीले रक्सि पिएर सोसलाईज हुन सिक्न बाँकि छ , झैझगडा गर्ने बाहेक ।

बिदेशमा राम्रो कार्य वाईन तथा सम्पाईनले टोस्ट गरेर थालनी गर्छन् भने यता रक्सि खाएर आफ्नो औकात देखाउँछन् । त्यस्तै उठे देखि नसुते सम्म गाँजा ट्याप लगाएर आफ्नो समय , उर्जा र कर्म फोकटमा ब्यर्थ गुमाईरहेका पनि देखिन्छ ।
गाँजा खान पाईन्छ भनेर जोगी बन्ने र जोगी काहाँ गाँजा पाईन्छ भनी युवा पुस्ता बराल्या पनि देखिन्छन् । त्यसको औषधीको रूपमा वा बिष रूपमा प्रयोग गर्ने बुझ्न आफैले पर्दछ । जे भए पनि औषधीको रूपलाई मध्यनजर गरि देशको आर्थिक उन्नतीको लागि गाँजा फुकुवा गर्न जरूरी छ । तर गाँजा बिना काममा सेवन होईन औषधीको रूपमा सेवन गरौं । गाँजालाई ड्रग होईन आर्थिक उन्नतीको बाटो बनाउ अत्यावश्यक देखिन्छ । तसर्थ नेपालले पनि गाँजा फुकुवाको वा Legalize la Ganja को आर्थिकसँग जोडेर आन्दोलन गर्न अत्यावश्यक देखिन्छ ।

गाँजालाई जति थरि नामले चिनिन्छ त्यो भन्दा बढि यसको उपयोगिता देखिन्छ । जस्तै शिववुटि , वुटि , प्रसाद , गाँजा , गान्जा ,मारिवाना (Marijuan) , मारिह्वाना ,(Blunt) , (Roll) , बोङ (Bong) , म्यारी जेन (Mary Jane) , पोलेन (Polen) , हाई (High) आदि नामहरू ले यसलाई जानिन्छ । बब मार्लिले गर्दा यसको उपयोग गर्ने ह्वात्तै बढेर गयो । उनको रेगे म्युजिक (Reggae Music) र रास्ता कल्चर (Rasta Culture) ले संसार हल्लायो र यसको प्रमुख कारण थियो उनले गाँजालाई मेडिसिन भनेर चिनाए ।  ले संसार हल्लायो र यसको प्रमुख कारण थियो उनले गाँजालाई मेडिसिन भनेर चिनाए । रेगे म्युजिक , रास्ता कल्चर र गाँजा जमैकाको संस्कार नै बनेर गयो । बब मार्लिलाई जमैकामा फ्रिडम फाईटर तथा हिरोको रूपमा लिईन्छ ।

अफ्रिकनहरूलाई ब्लाक लेबरको तथा बफोलो सोल्जर यानि कि दासको रूपमा हेरिन्थ्यो , उहाँको अभियानको कारणले गर्दा नै अफ्रिकनले बिश्वमा आफ्नो छुट्टै छवि बनाउन मौका पाए । तर गाँजाले सत्तरीको दशकमा विश्व हल्लायो , सम्पुर्ण बिदेशीहरू नेपालमा पर्यटकको रूपमा आउन थाले , हिप्पी कल्चरले संस्थागत रूप लिन थाल्यो । दम मारो दम मिट जाए हम , दुनियाको हम ने किया क्या ?  हुन पनि हिप्पीहरू पिस लभर भनेर चिनिन थाले , मस्ति हुने , खाने , बस्ने , रमाउने र कम्युनिटीमा बस्न रूचाउने तर अरूको नराम्रो गर्न नरूचाउने ।

भियतनाम युद्धमा अमेरिकी बिरूद्ध आफ्नै बासीहरू ह्वाइट हाउस अगाडी आन्दोलनमा उत्रिए । हिप्पीहरू शान्ति चाहन्थे , युद्धलाई गाँजाको सुरमा लल्कार्थे तर ठिक बिपरित अमेरिकन साम्राज्य तथा हतियार व्यापारी भने युद्ध गर्दै आफ्नो ब्यबसाय फस्टाउन चाहन्थे । हिप्पीहरूको अगाडि अकेरिकन सरकार नै घुँठा टेक्न पर्ने अवस्था आउन लाग्यो । यता ह्विस्कि तथा रक्सि ब्यापारी र औषधी उद्योग र साम्राज्यबादी हतियार ब्यापारीको नियत र उद्धश्य मिल्न आयो । फ्रिमा पाउने गाँजा नै यसको कारक तत्व हो भनी नेपालबाट नै गाँजा बन्देज लगाउने कार्य थालनी भयो , हिप्पि कल्चर पनि दवाईयो । बम सम्बोधन गर्दै धुँवा उडाउने शान्तिका दुतहरूको आवाज बुटद्वारा दवाईयो । विश्व भरि फैलिन लागेको ॐ नमस् शिवायको मन्त्र तथा ध्वनी बिचवाटै विश्राम लिन बाध्य भयो । किन हो गाँजा र भगवान शिवलाई जोडेर हेरिन्छ ? जुन ठिक हो कि बेठिक तर गाँजाको महत्व अहिले बिश्वले बुझ्दैछन् भने हामी गाँजालाई भ्रमको नजरले हेर्दैछौं ।

सांगठिक अपराधीले बेला बेलामा यसलाई लागू पद्वार्थको रूपमा बिक्रीवितरण तथा बिदेशमा स्मगलिङ गर्ने गरेको थाहा भएको छ । गाँजालाई लागू पद्वार्थको रूपमा प्रयोग र ब्यापार गर्न रोकथाम हुन अत्यन्त जरूरी छ । करिब सत्र अठार बर्ष पहिले नेपालबाट हाल सम्मकै ठूलो परिणाममा चरेसको मुर्ति तथा अन्य बस्तु बनाई कार्गो बाट क्यानाडामा नेपाली ठूलो समुहले स्मगलिङ गरेका थिए । सेटिङ अनुरूप उनिहरूले भने अनुरूपको ब्यक्ति काममा वा ड्यटिमा नपर्दिदा त्यहाँ टनौको हिसावमा चरेस जफत भएको थियो । त्यो काण्डका मुख्य ब्यक्तित्वहरू हाल आनन्दको जीवन तर रोगले च्यापिएर र थलिएर बसेको अवस्था पनि छ । त्यसतै कार्पेट काण्डको रूपमा प्रख्यात चरेश काण्डले दशकौ अगाडी धुम मचाएको थियो । चरेस काण्डमा जेल जिवन बिताएका केही प्रतिष्ठित ब्यक्ति अहिले होटल ब्यबसाय , राजनितीमा तथा धनाढ्यहरूले खेल्ने खेलकुदमा लागिएको पनि देखिएको छ ।

कोहि आफ्नो पाप पखाल्न आफ्नो दिवंगत श्रीमतीको नाममा समाजसेवी पनि गरिरहेको अवस्था छ । नेपालबाट तेल ट्याङ्करद्वारा बेला बेलामा ठूलो मात्रामा चरेस स्मगलिङ हुने गर्छ , जुन केही हप्ता अगाडी प्रहरीको सकृयतामा ट्याङ्करमा स्मगलिङ हुन लागेको चरेस समातिएर पनि प्रमाणित भयो । यसलाई लागू पद्वार्थको रूपमा हुने गरेको उत्पादन , बेच बिखन तथा सेवनलाई कडा रूपले बन्देज गराउन पर्छ र सुन्यमा झार्न पर्छ । यसमा कुनै दुईमत छैन तर क्यास क्रपको रूपमा रहेको औषधी मुलक वनस्पतिलाई कडाई गरि , हाम्रो आफ्नै आर्थिक आधार बलियो बनाउने वस्तुलाई कडाई गरि आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने चेष्टा गर्नु पनि हुँदैन थियो होला ।

अन्तमा जंकि र जोगिको बिचको फरक नजान्दा पनि समाजमा जोगीहरू अपहेलित परेको छ भने गाँजा लागु पदार्थ हो भन्ने भ्रम फैलिएको छ । जोगी तथा कोहि योगीहरू गाँजा प्रयोग गरि ध्यान तथा योग र पुजापाठ गर्छन् । गाँजा प्रयोग गर्ने समय सुनेम भन्ने भने आश्चर्य लाग्न सक्छ , उमेर थाहा भए पत्याउन गाह्रो पर्छ । प्राय सबै योगी तथा जोगीले गाँजा प्रयोग गर्छन् भन्ने होईन तर प्रयोगकर्तालाई मात्र दाँज्न खोजिएको हो । जंकीहरू भनेर चिनिनेहरू छन् , जो Phsychoactive drugs , Codeine , Ecstacy , Opium , Cocaine , Herione , LSD , Acid , Cactus आदी लागू पद्वार्थ आदि प्रयोग गर्छन् । हुलिया देख्यो भने आँखा रातोरातोभई डरलाग्दा गरि बस्छन् । जंकिहरू झैझगडा , लुटपाट गर्छन् , विभिन्न अपराधिक घटनामा समावेस हुन्छन् ।

त्यसतालाई नियाल्ने हो भने स्थिती भयावह देखिन्छ । जोगीले गाँजा खाएर उनका पुर्व घर परिवारलाई सास्ती , दुख , पीडा , अशान्ति गरेको कसैले सुन्या छैनन् होलान् शायद । तर जंकिको घरपरिवारमा चियाएर हेर्नुहोस् त त्यहाँ अशान्ति , दुख , पीडा , झैझगडा आदिले परिवार अस्त ब्यस्त देखिन्छ । अझै लागू पद्वार्थ प्रयोगकर्ता त कति त चोरी डकैती लुटपाटमा अझै ठुला ठुला क्राईममा पनि सम्मलित भएको देखिन्छ । उनीहरूको शारीरिक स्थिती नै भयावह देखिन्छ , डरलाग्दो छ , फोहोरी भएर हिंड्या हुन्छन् । कसैले सुन्या छन् गाँजा खाएर जोगी मर्यो भन्ने ? त्यही पनि कम उमेरमा तर अन्य केमिकल ड्रग्स खाएर केही बर्षमा पशु मरण पाएका वा अन्तिम अबश्थामा रोग र ब्यथाले च्यापिएर जिन्दगी बाँच्नु पर्ने वा Rehabilitation Centre मा धाउने युवा पिडीत हाम्रो समाजमा देखिएको तथा भोगिएको यथार्थता हो । लागू पद्वार्थ यो कुनै परिवारको मात्रै समस्या होईन यो समाजको समस्या हो । आफ्नो घर परिवारमा कुनै सदस्यमा लागू पद्वार्थको समस्या छ भने खुलेर समाज भित्र बहसमा ल्याउन अत्यन्त जरूरी छ यदि समाजलाई दुर्व्यसनी मुक्त बनायन छ भने । यो समस्या लुकाएर राखेर कुनै सुल्झन आउँदैन । परिवारको सदस्यमा लागु पद्वार्थको समस्या छ भने लाज शरम मान्नु पर्ने कारण छैन ।

लागू पदार्थ पनि एक किसिमको Chronic हो , रोग हो तथा महामारी फैलिन सक्छ यदि चेतना फैलाउन सकेन भने समयमा नै उचित सरसल्लाह गरे सहि उपचार हुन सक्छ । मेरो पनि कति साथी संगत दुर्व्यसनीसँग भयो , धेरैले मृत्यु बहन पनि गरे होलान् कतिले हाल आफु जस्तो दुर्व्यसनि नहोस् भनी रिह्याव खोलेर समाज सुधार्न तिर लागेका छन् । मेरो एकदमै मिल्ने बालसखा निरज चटौट एक्स युजर हुन् । हामी एकदमै मिल्ने तर जब उनी लागू पदार्थ सेवनमा फसे उनलाई समाल्न दशकौं लाग्यो । बेलाबेलामा भेट हुँदा हामी यसको समस्या र यसको प्रयोग हटाउन बारे चिन्तन गर्थ्यौं ।

समयले उनलाई धेरै साथ दियो अन्तमा मेरो साथीले ड्रगबाट टाढा बस्ने बचनबद्व भयो । उनी आज पाँचौ जन्मदिन मनाउँदै छन् , ड्रग बाट छोडे देखि नव जिवनलाई उनिहरू जन्म दिनको रूपमा मनाउने गर्छन् । नीरजले भन्ने गरेको कुरा अहिले पनि सम्झने गर्छु , जुन कुरा प्रति आफु एडिक्सन् हुँदै गयो , त्यो बिना बाँच्न सक्दिन भन्ने मान्यता मन तथा मष्तिस्कमा स्थापित भई त्यसको निरन्तर चाहना , आकांक्षा तथा सेवन गरिन्छ त्यहि नै ड्रग हो , त्यही ब्यक्ति नै एडिक्ट हो । तर सेवनकर्ताहरूले बुझ्न जरूरी छ आफ्नो मन र मस्तिष्क दह्रो बनाउनु होस् ।

आफुले प्रयोग गरेको चिजले आफुलाई कतै हानी पुर्याईरहेको त छैन , कतै परिवार नै तनाव तथा ध्वस्त हुने वातावरण त श्रृजना भईरहेको छैन । यो पनि जान्न पर्ने कुरा हो , लागू पदार्थ प्रयोगकर्ताहरू घर परिवारमा कति साफुल्य भएर उपस्थित हुन्छन् , ढाँट्न खप्पिस हुन्छन् । ढाँटेर आफ्नो परिवारलाई यस्तो बशमा पार्छन् । तर You think you are trying to convince them with your lie but you can’t lie yourself .

अन्तमा #Stop Drugs ! #Save Natural , #Destroy the Chemical ! #Kill the Drugs ! #Drug Kills You !# Stay free from Drugs ! # Stay away from Addiction !

 

Comments

comments