हंगकंगको एक चिप्स बनाउने कारखानाको लागि आयात गरिएको फ्रेंच आलुको बोरामा प्रथम विश्व युद्धको समयको एक ग्रिनेड फेला परेको छ। त्यो जर्मन ग्रिनेड भएको बताइएको छ। पुलिसले उक्त ग्रिनेडलाई निष्क्रिय गरेको बताएको छ।

काल्बी स्न्याक्स फ्याक्ट्रीमा शनिबार ग्रिनेड भेटिएपछि त्यहाँ खलबली मच्चिएको थियो। पुलिसका अनुसार त्यो ग्रिनेडको स्थिति ठीक थिएन। त्यसको पिन निस्किएको थियो। त्यसको चौडाई ८ सेन्टीमीटर र वजन करीब एक किलोग्राम रहेको बताइएको छ। त्यो फ्रान्सको पूर्वी युद्धभूमिबाट त्यहाँ पुगेको अनुमान छ।

हंगकंग पुलिसले लामो समयदेखी पुराना विस्फोटक पदार्थहरु निष्क्रिय पार्दै आइरहेको छ।

Comments

comments