अमेरिकाको डालस स्थित युलेसमा नेपाली रेष्टुरेण्ट गोर्खा बार संचालनमा आएको छ । युलेशको मेन स्ट्रीट र हारवुड रोडमा रहेको क्रोगर कम्लेक्समा खुलेको नेपाली रेष्टुरेण्ट ‘गोर्खा बार’को युलेशकी मेयर लिण्डा मार्टिनद्वारा रिवन काटेर शनिवार औपचारिक उद्घाटन गरिएको हो ।

रेष्टुरेण्ट ब्यवासयमा लामो अनुभव संगालेका बिकास कंडेल, बिकेक कंडेल, दिलीप पौडेल र उर्मिला ढकालको संयुक्त लगानिमा सुरु गरिएको यो रेष्टुरेण्टमा नेपाली परिकार सहित बिभिन्न प्रकारका फरक खानामा फरक स्वाद दिईने संचालक टिमले बताएको छ ।

बिभिन्न कार्यक्रम गर्न पार्टि हल समेत रहेको ‘गोर्खा बार’ उद्धघाटन कार्यक्रममा बोल्दै मेयर मार्टिनले युलेशमा थपिएको यो एउटा अर्को व्यवसायले आफुलाई खुसी लागेको बताउँदै ‘गोर्खा बार’का संचालकहरुलाई शुभकामना दिएकी थिईन् ।

‘गोर्खा बार’ उद्घाटन कार्यक्रममा डालस क्षेत्रका नेपाली समुदाय र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

अमेरिकाको डालस क्षेत्रमा पछिल्लो समय नेपाली व्यवसाय बढ्दो क्रममा छ । अमेरिका जस्तो सम्पन्न देशमा नेपालीले आफ्नो निजी व्यवसाय सुरु गर्नु लगानी र मेहनतका हिसावले पनि महत्वका साथ हेरिने गर्दछ ।

 

 

 

Comments

comments