घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ ।

जितसंगै यतिबेला नेपाली खेलाडीहरुलाई बधाईको ओहिरो लागिरहेको छ । यसबीचमा नेपाली क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने भने आजै युएईबाट अष्ट्रेलिया जाँदैछन्। युएईमा भन्दा अघि बंगलादेश प्रिमियर खेलेका उनी बिग ब्याग खेल्नका लागि अष्ट्रेलिया जाने भएका हुन् ।

बिग ब्यासमा निकै उत्कृष्ट प्रर्दशन गरेका सन्दीपले सम्झौता बमोजिम नै बिचमै खेल छोडेर बंगलादेश प्रिमियर खेल्न पुगेका थिए भने त्यहाँबाट पनि नेपालको खेल खेल्न युएई पुगेका थिए । मेलबर्न स्टार्स बाट बिग ब्यास खेलिरहेका सन्दीपको टिम १२ खेलबाट १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। बिग ब्यासमा सन्दीपले अहिलेसम्म ८ विकेट लिईसकेका छन् ।

बिग ब्यासमा उत्कृष्ट खेलको कारण पनि सन्दीप सर्वाधिक चर्चामा आएका थिए । मेलबर्न स्टार्सले आगामी शुक्रबार ब्रिसबेन हिटसँग लिगको १३ औं खेल खेल्नेछ भने लिगको अन्तिम खेलआइतबार सिड्नी सिक्सरसँग खेल्नेछ।

Comments

comments