?

बाँचिरहनुपर्छ मान्छेले धेरै कुरा देख्नु र भोग्नुपर्छ । आज आएर म पनि यही सोच्ने गर्छु कि, “मसँग जे भयो, त्यो हुनु नै थियो त ।” भनेर ।

“के मैले आज जे निर्णय लिँदै छु, के सही निर्णय हो त ?”

हाम्रो चार वर्षअगाडि नै मागी विवाह भएको थियो । हामीले एकअर्कालाई ओल्टाइपल्टाइ गरेर काठमाडौँका अनेकौँ रेस्टुरेन्टका मम र चिकेन चिल्ली खाँदै एकअर्काको मन्जुरी भएर नै विवाह गरेका थियौँ । तर पनि एक्कासि हाम्रो दाम्पत्य जीवनमा कसरी तुसारापात लाग्न पुग्यो भनेर बुझ्न सकिराखेको छैन । हुन पनि जे भयो राम्रो नै भयो । यस्ता कुरा कति दिन टिक्न सक्छन् र पनि ।

उसको परिवार र मेरो परिवार बसेर नै सबै कुरा भएको थियो ।

छोरीलाई एकसरो दाइजो दिन सक्ने हैसियत भएका नै थिए । “हामीले, खुलेर नै केही चाहिन्छ भने भन्नुहोला” भनेका थियौँ ।

केटापक्षबाट “दाइजोको सट्टा असल बुहारी मात्र भए पुग्छ” भनेका भएर मेरा माइती परिवार दङ्ग थिए ।

नाम चलेका नै थिए हुनेवाला ससुरा । दुई जना छोरी र एउटा छोरा । एउटा बहिनीको लभ म्यारिज भएर विदेशमा गएको । अब घरमा चार जना र म थपिएपछि पाँच जना हुनेवाला ।

हामी दुईबीचको सल्लाहबमोजिम एकदुई वर्ष बच्चा नपाउने सल्लाह भएको थियो । समग्रमा भन्नुपर्दा म खुसी थिएँ, यस्तो घर पाउँदा । लेखेको भनेको यस्तै होला । म नेपालगन्जको, ऊ झापाको तर हामी दुई बस्ने काठमाडौँमा । हाम्रो परिवार पूरै छरिएको थियो ।

सासू र ससुरासँग त्यहीँ दसैँ र तिहारमा झापामा गएको बेला भेट हुन्थ्यो । कि, काम परेको बेला उहाँहरू काठमाडाँै आउनुभएको बेला । मेरा सासू त आँखामै राखे पनि नभिजाउने खालको । मेरो अफिसका साथीहरू म र मेरो फ्यामिली देखेर डाहा पनि गर्ने गर्थे । म आफू आइमाई भएर पनि यस्ता थाङ्नो अरूको सासू, गहनाको कुरा गर्न मन नपर्ने र अरूले गरेको पनि सुन्न नचाहने परेँ ।

म आफ्नो घर, लोग्ने र फ्यामिलीबाट पूर्ण खुसी थिएँ र यस्ता कुरा गर्न समय नै हुँदैनथ्यो ।

आज बिहानै माइतीबाट मम्मीको फोन आयो, “मामाको छोरा अष्ट्रेलिया जाने भनेर आइइएलटिएस दिनलाई काठमाडौँ आउँदै छ । केही महिनाको लागि हो । अर्को ठाउँमा डेरा लिन पनि गाह्रो । त्यसैले ज्वाइँलाई सोध । रुम पनि खाली छ ।

ज्वाइँले हुन्छ भनेमा त्यहीँ बस्छ । तँलाई पनि साथी हुन्छ ।”

“एक पटक ज्वाइँलाई सोधेर खबर गर्छु ।” भनेर फोन राखेँ ।

“भइहाल्छ नि ! यस्तो कुरा पनि सोध्नुपर्छ र ?” उसको जबाफ देखेर खुसी भए ।

तुरुन्तै फोन गरेँ भाइलाई, “आइज तँलाई जहिले मन लाग्छ । बरु भिनाजुले नै आइइएलटिएसका डेटहरू र कुन ठाउँबाट पढ्दा राम्रो हुन्छ, बुझिदिनुहुन्छ ।” बिचरो दङ्ग प¥यो ।

ऊ आफैँ लिन गएको थियो एअरपोर्ट पनि भाइलाई । यो चार वर्षमा धेरै फरक भएछ । मेरो बिहेमा देख्दा दुब्लो थियो । आजकालका केटाहरू, यसमा जिम गरेर बडी पनि राम्रो बनाएको । बाहिर देखेको भए चिन्नै गाह्रो हुने मलाई ।

“ल ल भयो ढोग्नु पर्दैन ।” भन्दा पनि मानेन । ढोगिछाड्यो । संस्कारचाहिँ मामामाइजूले दिएका नै छन् आफ्ना छोराछोरीहरूलाई ।

उसले सँगै लिएर गएर आइइएलटिएसको क्लास तथा डेट सबै मिलाइदिएको थियो ।

ऊ भन्दै थियो, “मामामाइजूले छोराचाहिँ भन्नुको पाएको रहेछन् ।”

“आजकलका केटाहरू भएर पनि त्यस्तो केही छैन । यो उमेर भनेको लभ गर्दै, केटीहरू घुमाउँदै हिँड्ने बेला हो नि ! तर पनि केही छैन । यसरी नै हार्डवर्क ग¥यौ भने आइइएलटिएसमा राम्रो माक्र्स ल्याउँछ यसले हेर्दै जाऊ ।” उसको कुरा सुनेर मनमा खुसी लाग्यो ।

सालाभेना खुब मिल्छन् । राति पनि अबेरसम्म भिनाजुसँगै बसेर धेरै कुराहरू सोधिराखेको हुन्छ । जे होस्, ऊ रिसाउने पो हो कि जस्तो लागेको थियो, तर राम्रो भयो ।

बिहान कहिल्यै चाँडो नउठ्ने ऊ । भाइ आएदेखि ऊसँगै मर्निङ वाक जान थालेको छ ।

आज भन्दै थियो कि, “अबदेखि नुन, गुलियो र चिल्लोमा विशेष ध्यान पु¥याउँछु भनेर ।”

एकचोटि त हाँसो पनि उठ्यो मलाई, उसको कुरा सुनेर । पूरै परिवर्तन आएको थियो उसमा । ऊ पनि भाइकै जस्तै पेटमा सिक्सप्याक निकाल्नलाई जिम सुरु गरेको थियो । म भन्ने पनि गर्थें बल्ल बुद्धि आयो तिमीलाई सधैँ योङ देखिनुपर्छ । खाना जस्तो पायो नखाऊ भनेर । जे होस्, दिदीले नसकेको सालोले ठीक ठाउँमा ल्यायो भिनाजुलाई भनेर । मेरो कुरा सुनेर सालाभेना नै मुसुमुसु हाँस्थे ।

एक दिन त गाली पनि गरे उसलाई, “आफूलाई सालो जस्तै योङ देखिन सालोकै अन्डरवेयर लगाउन लाज लागेन” भनेर । ऊ रातो भएर बाहिर निस्क्यो । भाइले थाहा पायो भने के सोच्ला भन्ने पो पीर त ।

“दिदी मैले आइइएलटिएसमा सात माक्र्स ल्याए ।” भनेर उफ्रँदै घर आयो । मलाई पनि खुसी लाग्यो । भाइ अब चाँडै अष्ट्रेलिया जाँदै भनेर अलिक दुःख पनि ।

मैले उसलाई फोन लगाउन खोजेको मात्रै के थिएँ, भाइले भन्यो, “भिनाजुलाई मैले अघि नै भनिसकेँ । भिनाजु आउँदै हुनुहुन्छ ।”

थोरै समयमा भाइ कति नजिक भएको छ उसको । मानौँ आफ्नै घरको सदस्य जस्तो । सायद ऊ एक्लो छोरा भएर पनि भाइको न्यास्रो सालोबाट पूरा गरेको ।

“दिदी, मेरो फेब्रुअरीको कलेज मिलेन अब जुलाईका लागि ट्राई गर्छु ।” एक्कासि आएर योभन्दा अचम्म लाग्यो । हिजोसम्म सबै फाइनल भयो भनेको मान्छे ।

हुन त यो आइइएलटिएसको रिजल्ट भएदेखि हल्का परिवर्तन आएको त याद गरेकी छु मैले, तर पनि सबैलाई छोडेर जाने पीरले गर्दा यस्तो भएको होला भनेर त्यति याद दिएको थिइनँ । कुनै केटीसँग लभ परेर भनूँ भने त्यो बाटोमा हिँड्ने मान्छे नै होइन । पीर पो पर्न थाल्यो त । त्यस्तो हँसीमजाक गर्नुपर्ने मान्छे । बिस्तारै अर्कै हुँदै गइराखेको थियो ।

“म सम्झाउँला, पीर नगर ।” उसले मलाई भनेर ऊ सालोको रुमतिर गयो । आफूलाई भोलि बिहान चाँडो उठ्नुपर्ने सुतिहालेँ ।

म अफिसबाट आउँदा पनि सालाभेना घरमै हुन्थे । जे समस्या सालोमा भए तापनि उसले जसरी पनि समाधान गर्छ भन्ने मलाई पूरा विश्वास थियो । माया नगर्ने भए यसरी श्रीमतीको मामाको छोरालाई यस्तो गर्ने थिएन । सालोलाई आफ्नो भाइभन्दा ज्यादा माया गथ्र्यो उसले ।

बिचरा राति सालाभेना कुरा गर्दागर्दै त्यही सुतेछन् । दुवैलाई चिया बनाएर रुममै लगिदिएँ । म चाँडोचाँडो खाना पकाई खाई अफिसतिर लागेँ ।

ओहो ! कस्तो नराम्रो सपना देखेछु । रातिको एक बजेको छ भर्खर । अझै सालाभेनाको गफ सकेको छैन । आज त गाली गर्नै पर्यो  दुवैलाई । उठेर लाग्छु उता कोठातिर ।

मधुरो बत्तीमा सालाभेना पूरै नाङ्गै । सालोमाथि ऊ सालोको अङ्गलाई खेलाइरहेको । म चिच्च्याउँछु ।
दुवै जना ज¥याकजुरुक्क लुगा खोज्नतिर लाग्छन् ।

झल्याँस्स याद आउँछ, “भाइको अन्डरवेयर उसको शरीरमा भएको” बल्ल वास्तविकता थाहा पाउँछु । के मैले सपना त देखिराखेका छैन । पोहोर साल गएको भुइँचालोभन्दा बढी घर हल्लिरहेको महसुस गर्छु म । के देख्नुप¥यो आज ।

शरीरभरि जुकाहरू हिँडिराखेको जस्तो सिकसिक लागेर आउँछ । अघिको दृश्य “दुवै जनाको” आँखा अगाडि घुमिरहन्छन् । तीन घन्टाअघि मात्र उसले मलाई माया गरेको सम्झिन्छु । दौडेर बाथरुममा गएर मिचीमिची पखाल्न थाल्छु । “तर अब कहिले जाला त यी सब फोहरहरू ?”

 

Comments

comments