समाजसेवा र व्यवसायमा समर्पित गर्दै सामाजिक कार्यहरूमा क्रियाशील व्यक्तित्वको नाम हो– उर्मिला डंगोल । वि.सं. २००८ साल चैत्र ३ गते काठमाडौँको लगनमा पिता साइँला डंगोल र माता सानुमाया डंगोलको कोखबाट जन्मेकी उर्मिला डंगोल सानैदेखि समाजसेवाका क्षेत्रमा विशेष रुचिका राख्ने राख्थिन् ।

उनी भन्छिन् ‘म सानैदेखि समाजभित्रका समस्याहरूको समाधानको निम्ति पहलकदमी गर्ने गर्दथे । त्यसैक्रममा आमाबुबाको गालीको समेत सामना गर्नुपरेको उहाँसँग तीतो अनुभव समेत छ ।’

काठमाडौँको सामान्य किसान परिवारमा जन्मिएकी उर्मिला अत्यन्तै कोमल हृदयकी र सहयोगी मनकी धनी छिन् । उनी भन्छिन्–‘आखिर मेरो सानो सहयोगले कसैको जीवनमा परिवर्तन आउँछ भने म किन चूप रहूँ, मैले सहजकर्ताको भूमिका निर्वाह गर्न नै पर्छ ।’

प्रारम्भिक चरणमा टोलछिमेकीका स–साना समस्याहरूलाई वर्ग चातुर्यतापूर्वक समस्याको जरो पड्क्रिएर त्यसिमाथि कुटिल ढंगबाट समस्याको समाधान खोज्ने बानीका कारण उर्मिलाको चर्चापरिचर्चा टोलभन्दा बाहिर समेत हुन पुग्यो । उनी भन्छिन्–‘जहाँ समस्या त्यहीँभित्र समाधानका अनेकन उपायहरू छन्, त्यसलाई पर्गेलेर काम मात्र मैले गरेको हुँ, समाधान प्राप्तपश्चात् सबैले मलाई धन्यवाद दिने गर्दछन्, उनीहरूको घरपरिवार राम्रो भएँ, मलाई पनि आत्मसन्तुष्टी प्राप्त हुन्छ ।’

उर्मिला डंगोलसँग जीवनका थुप्रै प्रेरणादायी अनुभवहरू छन् । त्यसमध्ये उनले हाम्रो कुराकानीका क्रममा दुईवटा अनुभवहरू शेयर गरिनु ।

उनी भन्छिन्– आजभन्दा ३० वर्ष अघिको कुरा हो, गाडी ड्राइभिङ्ग सिक्न भनेर म चोभार (कीर्तिपुर) पुगेकी थिएँ, म ड्राइभिङ्ग सिक्ने ठाउँ नजिकै एक पुरुष र एक महिला झगडा गरिरहेको सुनेँ । पहिला त त्यति वास्ता गरिन् । जब महिलाले जोडले रोएको र बारम्बार चिच्याएको सुनेपछि मैले मेरो ड्राइभरलाई गाडी रोक्न लगाएर ती झगडा गर्ने दम्पत्तिलाई बोलाए । उनीहरू सुरुमा त आनकानी गर्दै थिएँ । त्यसपछि उनीहरूलाई सम्झाउँदै मतर्फ आउने आग्रह गरेपछि दुवैजना आएँ । दुवैलाई गाडीमा हालेर घरमा ल्याएर सम्झाएँ ।

भोलिपल्ट पुरुष चाहिँ घर गएँ, महिलालाई भने केही दिन घरमै राखेर सम्झाईबुझाई गरी । सबै वास्तविकता बुझ्ने प्रयास गरेँ । ती पीडित महिला बहिनीको समस्या एउटै थियो – सधैँ घरमा जाँड खाएर आउने र आफूलाई वेवास्ता गर्ने गरेको गुनासो … ।

केही दिन पछि म ती महिलाको माइतीघरमा गएँ । सबैसँग परिचय गर्दा सज्जन परिवार हुनुहुँदो रहेछ । मेरा कुरा सुने पछि उनीहरू दुवैले आत्मालोचना गरेँ । अहिले ३० वर्ष बितिसक्दा पनि राम्रो छ । सन्तानहरू पनि ठूल्ठूला भैसकेका छन् । ती बहिनीले उर्मिला दिदीज्यूले गर्दा हाम्रो अवस्था अहिले यस्तो भयो भनेर कहिलेकाहीँ भेट्न आउने समेत गर्दैछन्, आफूलाई पनि आत्मिक सन्तुष्टि मिल्ने गर्छ ।

त्यस्तै, एउटा कालिङपोङ्की महिला नेपालमा आएकी रहेछिन् । उनी मेरो सहपाठी मित्र पनि हुन् । उनले नेपाली केटासँग विवाह गरिन् । केही समयसम्म राम्रै थियो । पछि श्रीमान् र श्रीमती बीचको सम्बन्धमा विमेल स्थिति उत्पन्न हुन पुग्यो । साथीको नाताले उर्मिला मलाई यस्तो समस्या भयो भनेर सल्लाह लिन आउनुहुन्थ्यो । मैले पनि उसका कुरालाई सही थप्दै वास्तविकता के हो भन्दै उसलाई समस्याको समाधानको उपायहरू बताउँदै धैर्य भई अघि बढ्न सल्लाह दिन्थे ।
एकपटक म अब कालिङपोङ् नै जान्छु, फाइनल रुपमा तिमीलाई भेट्न आएको भनेर मकहाँ आउनुभयो । त्यसबखत मैले सम्पूर्ण सामग्रीहरू बेचबिखन गर्ने तर्खरमा लागिसकेको छु, भन्नुभयो । तर पनि । मलाई कताकता आफ्नो साथी टाढिन लागेकोेमा दुःख मान्दै सकभर श्रीमान र श्रीमतीको झगडा परालको आगो जस्तो हो भनेर सान्त्वना दिँदै गएँ ।

त्यसबखत सम्पूर्ण सरसामान बेचबिखत नगर्नू बरु मेरो घरमा ल्याएर सामानहरू राख भनेर उनलाई सम्झाएँ । यदि उनले सम्पूर्ण सामानहरू बेचबिखन गरेर कालिपोङ फर्केपछि उनी फेरि नेपाल आउने सम्भावना कम हुन्थ्यो र उसलाई नेपाल र नेपालमा रहेको आफ्नो श्रीमानप्रतिको कुनै मतलब नै हुँदैनथ्यो । जसका कारण दुवै जनाको घर परिवार लथालिङ्ग हुन्थ्यो त्यो सोचेर मैले सामान मेरो घरमा ल्याएर राखिन् भने फोनमा कुरा हुन्थ्यो र आउजाउको बाटो पनि टुङ्गिदैनथ्यो भन्ने मेरो मनमा लागिरहेको थियो । उनले सामान मेरोमा ल्याएर राखिन् । केही समय कालिपोङ्ग गइन् । पछि फर्केर आइन् । अहिले दुवैजनाको घरपरिवार राम्रो छ । कहिले काहीँ भन्ने गर्छिन उनले उर्मिला तिम्रै कारणले गर्दा मेरो घरपरिवार सम्हालियो, हामी धेरै आभारी छौँ तिमीप्रति भन्दा मेरो मनमा खुशीको सीमा नै रहन्न … ।’

उर्मिला भन्छिन्–‘यसर्थ, म सम्पूर्ण नारीहरूलाई के भन्न चाहन्छु भने समाजमा नारी पुरुष बराबर हुन भनिएता पनि कहिलेकाहीँ हामी नारीहरूले पुरुषका गल्तीकमजोरीहरूलार्य केही हदसम्म खपेर सही दिशातर्फ हिँड्न उत्प्रेरित गर्न सक्यौँ भने घरपरिवार र सन्तानहरूको भविष्य समेत सुखमय बन्छ भन्दै अफ्नो परिवारलाई सही दिशामा डो¥याउने कार्यमा तपाइँहरू सम्पूर्ण महिला दिदिबहिनी लाग्नु हुन विनमतापूर्वक आग्रह गर्दछु ।’

महिलाहरू एकतृत भएर आयआर्जनका क्षेत्रमा लाग्नुपर्छ भन्ने सोचका साथ उर्मिला डंगोल महिला सहकारी संस्थामा पनि संगठित भए भएर लागिपर्नुभएको छ । उनी महिला सहकारी संस्थाकी सञ्चालक समेत हुनुुहुन्छ । त्यस्तै, उनी आधा दर्जनभन्दा बढी सामाजिक संघसंस्थाहरू क्रियाशील छिन् ।

रोटरी क्लब अफ काठमाडौँकी कोषाध्यक्ष, नेपाल भाषा मिसाः खलको सचिव, ज्यापु महागुठीको केन्द्रीय कोषाध्यक्ष, नेपाल निवृत्त कर्मचारी संघको सल्लाहकार, म्युजियम मार्ग टोल सु्धार समितिको अध्यक्ष, गोधूलि साहित्यिक प्रतिष्ठानको संरक्षक, रुक्माङ्गद कटुवाल ट्रष्टको आजीवन सदस्य समेत छिन् ।

हालसालै मात्र उनी भद्राकुमारी सेवा सदनको अध्यक्ष पदमा निर्वाचित भएकी छिन् । पूर्वमन्त्री तथा महिला समाजसेवी भद्राकुमारी सेवा सदनबाट सुविधा सम्पन्न वृद्धश्रम निर्माण कार्यको पहल समेत भैरहेको कुराकानीका क्रममा उर्मिला डंगोलले बताइन् ।

विशेषगरी अपाङ्ग अशक्त एवं छोरीहरूलाई अगाडि बढाउने क्रममा विशेष योगदान पु¥याउँदै आएकी उर्मिला डंगोलकै पहलमा महिला सहकारी संस्थाबाट प्रत्येक वर्ष ८१ जना विपन्न छात्राहरूलाई छात्रवृत्ति दिँदै आइरहेको छ । त्यस्तै प्रत्येक दशैँ र तिहारको अवसरमा खगेन्द्र नवजीवन केन्द्रमा रहेको शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरूलाई टीकादक्षिणा एवं आशीवार्द साटासाढ गर्ने काम गर्दै आइरहेकी छिन् ।

हालै मात्र सम्पन्न अन्तर्राष्ट्रिय नेपाल कल्चर फिल्म फेष्टिबलमा सक्रियताका साथ संयोजकको भूमिका निर्वाह गरी सक्नुभएकी उर्मिला डंगोल समाज रुपान्तरणको क्षेत्रमा क्रियाशील भई लागि परेकी छिन् ।

उनी भन्छिन्–‘समस्या सबैमा आउँछ, समस्या समाधान गर्न जुक्ति र संयमता अपनाउनुपर्छ । प्रत्येक नारीहरूले आफ्नो समस्या आइपर्दा बुद्धिमता ढंगबाट समाधान गर्ने उपाय सिक्नु जरुरी छ । यसर्थ, त्यस्ता समस्यामा परेकाहरूका निम्ति आफू सेवा गर्न सदैव तत्पर रहेको धारणा राख्छिन् ।

समाजसेवा ठूलो धनराशी खर्चेर मात्र गर्न सकिन्न । स–साना समस्यालाई निवारण गर्दिन सकियो भने सच्चा सेवाभाव त्यहाँनिर प्रकट हुन्छ, त्यसैमा आत्मीय सन्तुष्टि मिल्छ उर्मिला हाँस्दै भन्छिन् ।

मनुष्य चोला लिएर जन्मेका हामी सबै मानिसहरूले सक्दो सत्कर्म गरी सत्र्कीतिलाई समाजमा रोप्दै जान सकियो भने वास्तवमा मानव चोला सार्थक रहन्छ भन्ने सन्देश प्रत्येक व्यक्तिलाई दिन सकिएको खण्डमा निश्चय पनि समाज रुपान्तरित हुनेछ भन्र्ने उर्मिला डंगोलको बुझाइ छ ।

 

Comments

comments