एयरटेल सहकारीमा मामा भान्जाको मिलेमत्तोमा करोडौँ अनियमिता

35

काठमाडौँ । देशको नै प्रमुख व्यापारिक केन्द्र न्युरोड धर्मपथ-२२ स्थित एयरटेल बचत ऋण सहकारी सस्था लिमिटेडमा करडौ रकम घोटाला गरि यस सस्थाको महाप्रबन्धक निर्देशक अशोक गोयल (जैन) आफ्नो सपरिवार सहित मामा द्वारका दाश अग्रवाल (हरियाणा मत्याराम निबासी)को निर्देशनमा भारत फरार भएका थिए l हाल उनी गोयल मामाको निर्देशनमा नया पाखण्ड रच्न नेपाल फिर्ता भएका आएका छन् तर हाल गोयल नेपाल प्रहरीको सक्रियतमा महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा रहेको जानकारी केहि बचतकर्ताहरुले र अन्य श्रोत बाट खुल्न आएको छ l स्मरण रहोस एयरटेल वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुमन केडिया हुन भने आफ्नै छोरी मेहक गोयल लेखापाल हुन् l

सुरु देखीनै घोटाला गर्न माहिर गोयलका मामा द्वारका दाश अग्रवाल भारतको आर्थिक राजधानी मुम्बईमा समेत कयौ मानिसहरुलाई टाट पल्टाई र अर्बौ रुपया बराबरको सेयर घोटाला गरि नेपाल प्रवेश गरेका हुन् l आफुले कुम्ल्याएको कालो धनलाई विभिन्न माध्यम हुण्डी मार्फत नेपाल प्रवेश गराई नेपालमा पनि अर्बौ रुपया बराबरको जमात खडा गरेका छन् l हाल गोयलका मामाको काठमाडौँको इन्द्रचोक धाराचोक स्तिथ करिब ३० करोड पर्ने घर, नक्सालमा करिब १०/१५ करोड पर्ने घर जग्गा, कलश अपार्टमेन्टमा २ वटा फ्याल्ट करिब ४/५ करोड र अन्य ठाउमा समेत अर्बौ रुपयाको सम्पति जोड्न भ्याई सकेका छन् भन्ने जानकारी बचतकर्ता तथा कर्मचारीहरुले गराएका छन् l केहि बचतकर्ताको भनाइ अनुसार मामा द्वारका दाशले उनीहरुको रकमलाई ५० देखि ६० प्रतिसत सम्म मिलाउन खोजि भान्जा गोयललाई नेपालमा बोलाएको आन्तरिक श्रोत बाट जानकारी आएको छ l श्रोतका अनुसार गोयललाई पैसा चुक्ता गर्नु भन्दा पनि अझ केहि हात लाग्छकि भन्ने आशले नेपाल बोलाएका हुन् तर यो उनको योजना बिफल भएको छ l बचतकर्ताहरुको महानगरीय परिसरमा गरेको उजुरी जाहेरी दर्ताले आफ्नो मुम्बईको घोटालेबाज शैलीलाइ काठमाडौँमा पनि गरियो भने सम्पूर्ण दोषजति सोझा सिधा संचालक तथा कर्मचारीहरुलाई थुपारी आफ्नो कालो कर्तुत बाट उम्कन खोजेका हुन् महाप्रबन्धक गोयल l उही ठग मामा आफ्नो भान्जालाई छुटाउन विभिन्न शक्तिकेन्द्रमा समेत हिडेका छन् भने भान्जालाई जेल भित्र सम्पूर्ण सुबिधा पुर्याउन समेत लागिपरेका छन् l

उक्त सहकारी सस्थालाई आफ्नो व्यक्तिगत पसल संचालन गरे जसरि संचालन गर्दै सम्पूर्ण बचतकर्ताहरु संचालक समिति सदस्यहरु र कर्मचारीहरु समेतलाई अन्योलमा पारेका छन् l यस सस्थालाई डुबाउनमा महाप्रबन्धक गोयल, उनकी श्रीमती सुमन केडिया, लेखापाल छोरी मेहेक गोयल र उनका मामा द्वारका रहेका बचतकर्ता पिडितहरुले जानकारी गराएका छन् l त्यसैगरी यस सस्थाको माइन्युट पुरा गर्न सोझा सिधा संचालकहरुलाई प्रलोभनमा पारि सस्थाको हित तथा नीति नियम बिपरित नियम उल्लघन गरेका छन् भन्ने कर्मचारीको भनाइ छ l विभिन्न श्रोत पिडित तथा कर्मचारीहरुको भनाइ अनुसार कुनै पनि संचालक सदस्यहरुले यस सस्थाको तलब भत्ता लिएका छैनन् l श्रोतका अनुसार गोयल ले कुम्ल्याएको धन केहि भारत पठाउन सफल भएको र अधिकांश धन नेपालमानै रहेको समेत जानकारी आएको छ l प्रहरीको अनुसार यस मुद्धालाइ कानुन सम्बत निश्पक्ष छानबिन गरि दोषीलाई कारबाही गरिने र निर्दोषलाइ यस परिस्थिति बाट छुटकारा गराउने आश्वाशन छ l

Comments

comments