अमेरिकामा चर्चित हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीले सबैलाइ रुवाउदा रुवाउदै हसाए

38

कोलोराडो अमेरिका । बहुप्रतिभाका धनि चर्चित हास्य कलाकार, जादुगर, नायक, निर्माता निर्देशकमा आफुलाई अब्बल साबित गरेका हा हा यो यो महादेव त्रिपाठी ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रमको लागि आफ्नो अवार्ड ग्रहण गर्न अमेरिकामा छन् l भर्खरै मात्र सम्पन्न तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१८ मा उनले अवार्ड हात पार्नुको साथै आफ्नो जादुमय अभिनय समेत प्रस्तुत गरेका थिए l

कार्यक्रमको लागि अमेरिका पुगेका जादुगर महादेव त्रिपाठीले अमेरिकामा रहेका नेपालीलाई मात्र होइन अमेरिकनहरुलाई समेत रुवाएका छन । नेपालमा हुने विभिन्न मेला महोत्सवहरुमा हास्य ब्यङ्गको साथमा जादु देखाउदै आएका त्रिपाठी अमेरिकामा भने अभिनयबाट सबैलाई रुवाएका हुन । म मरे पनि मेरो देश बाची रहोस भन्ने बोलको गीत जब गुञ्जीयो एक जना बुढो मान्छे दाह्री जुंगा फुलेको भेसमा स्टेजमा प्रवेश गरे उनको अभिनय निकै मार्मिक थियो ती बुढा मानिस अरु कोही नभएर जादुगर महादेव त्रिपाठी नै थिए । उनको अभिनयले अमेरिकमा रहेको नेपाली तथा अमेरिकन नागरिक सबैको आखामा आशुका बर्षा भए । त्रिपाठीको अभिनयमा हराउदै नेपालीहरुले स्वदेशको यादमा आसु झारे भने मार्मिक अभिनय गरेको देखेर अमेरिकनको आखामा आसु देखिए । अन्त्यमा उनले रुवाउदा रुवाउदै पनि आफ्नो हास्यब्यङ्ग तथा जादुले गर्दा सम्पूर्ण उपस्थित दर्शकलाइ हसाउन समेत सफल भएका थिए l

नेपालमा मात्र नभएर संसारका विभिन्न देशमा गएर आफ्नो कलाकारिता बाट करडौ दर्शकको मन जित्न सफल उनले यसपालीको अमेरिकाको कार्यक्रम बाट आफुलाई सर्बोउत्कृष्ट साबित गरेका दर्शकहरुको भनाइ थियो l

Comments

comments