फेसबुकमा चिनजान भएको ५ महिनामा सम्बन्ध शारीरिक सम्पर्कसम्मै पुग्यो । विस्तारै सम्बन्धमा दरार आउन थाल्यो । दरार आएपछि सम्बन्ध राम्रो भएका बेला खिचेका नग्न तस्बिर देखाएर ब्लाकमेलिङ र यौन सम्बन्ध भने चलिरह्यो ।

प्रेमीले जबर्जस्ती र कुटपिटदेखि परिवारसम्मलाई धम्की दिएपछि पोखरा १५ की १ युवतीले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी छन् । ती १९ वर्षे किशोरीले आफूमाथि विभिन्न बहानामा धम्क्याउँदै बारम्बार बलात्कार गरेको आरोप लगाउँदै नसिब गुरुङबिरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

पोखरा १५ स्यानीपाटन बस्ने नसिबले आफूलाई पिट्ने, यातना दिने, परिवारलाई नै पोखरामा बस्न नदिने धम्कीसमेत दिएको जाहेरीमा उल्लेख छ । शारीरिक सम्बन्ध राखेर नग्न फोटा खिचिसकेपछि नसिब बदलिएको ती युवतीको भनाइ छ । ती युवतीले भनिन्, मैले काम गरेको ठाउँमा पनि आउँथ्यो, बदनाम गथ्र्यो, जवर्जस्ती घरमै लिएर जान्थ्यो । अति गर्न थाल्यो, अहिले आफन्तको साहराबाट प्रहरीको शरणमा गएँ ।

जाहेरीपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वस्थ्य परीक्षण गर्न पुगेकी किशोरीले नसिबले आफूलाई भनेको बेला यौन सम्पर्क नराखे बा, आमा र दाईलाई समेत मार्ने धम्की दिने बताइन् ।अहिले नशिव परिवारको सम्पर्कमा नरहेको बताइएको छ । किटानी जाहेरी परेपछि नसिबको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले बताए ।

Comments

comments