नायक अनमोल केसी अमेरिका आईपुगेका छन् । मंगलबार मध्यरातमा नेपालबाट अमेरिका उडेका अनमोल अमेरिकाको आज डालस आईपुगेका हुन् ।

आउँदो चलचित्र ‘ए मेरो हजुर ३’को एक गीतको सुटिङका लागी एक्लै अमेरिका आएका अनमोलको स्वागतका लागि उनकी नायिका सुहाना थापा सहित नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा डालस बिनानास्थल पुगेका थिए ।

आगामी चैत २९ गतेलाई प्रदर्शन मिती तोकिएको ए मेरो हजुर ३ को गीत छायांकनको लागि अमेरिका आईपुगेका अनमोलले यो चलचित्र राम्रो भएकाले पनि सबैले मन पराउने बिश्वास ब्यक्त गर्दै आएका छन् भने चलचित्र क्षेत्रमै लामो समय गुजारेका झरना थापा र सुनिल कुमार थापाकी छोरी नव नायिका सुहाना थापाले अनमोलसंग काम गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउँदै चलचित्रमा आफुले मेहनतका साथ काम गरेको बताएकी छन् ।

 

Comments

comments