पूर्व अधिराजकुमार धिरेन्द्र शाहकी छोरी श्रेया शाह अमेरिका फर्केकी छन् । नेपाली नागरिकताका लागि अमेरिकाबाट नेपाल आएकी श्रेया शाहले १ बर्षसम्म प्रयास गर्दा पनि नेपाली नागरिकता नपाएपछि उनि अमेरिका फर्किएकी हुन् ।

नेपालमा नै जन्मिएर सानो छँदा रातो बंगला स्कुलमा पढेकी श्रेयाले नेपाल बस्ने रहर गरेपछि उनि नेपाली नागरिकताका लागि नेपाल आएकी थिहिन् । लामो समयदेखी आफ्नी आमा जया शाहसंगै अमेरिकामा रहँदै आएकी उनले आफ्नो जन्म दर्ता देखी रातो बंगला स्कुल भर्नाको कागजात पेस गर्दा समेत उनलाई वडा कार्यलयले नागरितका लागि ईन्कार गर्यो ।
टिचिङ अस्पतालमा जन्मिएकी श्रेयाको जन्म दर्तामा उनका बुवा तत्कालिन अधिराजकुमार धिरेन्द्र शाहकै नाम उल्लेख छ ।

नेपालका बिभिन्न मिडिया समक्ष आफ्नो समस्या सुनाएकी श्रेयाको यो बिषय संचारकर्मी रवि लामिछानेले समेत सिधा कुरा जनतासंग सम्ममा उठान गरेका थिए । पासपोर्ट हराएर नयाँ पासपोर्ट बनाउन नेपाल आएकी उनि १ हप्ताको बिदामा आएकी भएपनि नागरिकता बन्ने आस र नागरिकता नबनेर पासपोर्ट रोक्कीदाँ उनि १ बर्ष नेपालमै रहिन् । एमआरपी पासपोर्टका लागि काठमाडौं महानगरपालीका ३ नं नागरिकता दिएन । जया पाण्डे शाह र धिरेन्द्र शाहकी छोरी श्रेयालाई तिमी धिरेन्द्रकी छोरी होईनौ भनेर नागरिकता नदिएकोमा उनि दुखि बन्दै अमेरिका फर्केकी छन् ।

 

 

Comments

comments