यसोदा थापा

नमस्ते ठुली आमा सन्चै हुनुहुन्छ ?

उत्तर आयो बाँचेकै छु नानी ।

कहिले आयौ ? उतातीर सबै जना सन्चै ?

मैले भनें सबै राम्रो छ आमा , के छ त हाल खबर घर पनी नयाँ बनाउनु भएछ , दाईहरू कहाँ हुनुहुन्छ ? दिदीहरू अहिले कहाँ छन् ?

नानी बसन चिया पिउँदै गफ गरौंला

उहाँको आग्रहमा मैल नाई भन्न सकिन

एकै छिनमा भित्र आवाज लगाउनु भयो आमाले बुहारी चिया लिएर आऊ दुई गिलास ।

हामी कुरा गर्दै थियौं चिया लिएर नयाँ अनुहार बाहिर आयो । जुन अनुहार मैले पहिले यो घरमा देखेको थिईन ।

मेरो अलमललाई बुजे झैं गरेर आमाले चिया ल्याउने महिलालाई ईंकित गर्दै ठुली आमाले चिनाउनु भो कान्छी भाउजु ।

भाउजु चिया दिएर भित्र जानु भयो , ठुली आमा भन्नुहुन्छ नानी , दाईले अर्की बिबाह गर्यौ जेठी संग सधै खटपट बिचरा के गरोस त सधैको रडाको भन्दा , छोडपत्र गरेकै राम्रो ,बिबाह गरेको ६ महिना भयो ।

अनी जेठी भाउजु खैत कहाँ हुनुहुन्छ ?

नसोध नानी एउटा लोग्ने खुसी बनाउन नसक्नेले पसल खोलेर बसेकी छ तल गाउँमा । बाजा बजाएर ल्याएकी बुहारी नाती नातीना छन् ।

मलाई यो कुरा सुनाईरहँदा ठुली आमाको अनुहारमा केही परीबर्तन देखीन, ठुली आमा दुई चार कक्षा पढेकै हुनु हुन्थ्थो , अर्कोको घरको कुरा के बोल्ने र ?

चिया पनी खाई सकियो , ठुली आमाकी छोरी र म सगै पढेका थियौं र सोधें मैले गीताको केछ आमा भेट नभएको धेरै भयो , म पोर आउँदा पनी भेंट भएन केटा केटी कती भए ? के गर्दै छन् ? श्रीमान कहाँ हुनुहुन्छ ?

मेरो प्रश्नले आमा मौन रहनु भयो , के भयो आमा गीता सन्चै त छन् फेरी दोहोरियो मेरो प्रश्न ।

आमाले सुस्केरा हालेर भन्नु भयो नानी दुई बर्ष भयो , बुडा संग छोड पत्र गरी बसेकी छ ।

आमाको अनुहारको निराश थियो अनुहारको एकै छिनमा रगं उड्यो , ताकी गीताले ठुलै अपराध गरेकी छ , छोराको डिबोर्स सजिलै स्वकार गर्ने हाम्रो समाज , खुलेर जेठी र कान्छी बुहारी भन् सक्नेले , छोरीको सम्बन्ध बिच्छेद , स्वकार गर्न अझै गार्हो छ , छोराको दुई भन्दा गर्व गर्छन् ।

परीस्थिती र बाध्यताले छोरीको दोस्रो बिबाह स्वकार गर्न हाम्रो समाज अझै पनी संकोच मान्छ कान्छी बुहारी स्वकार गर्नले छोरीको दोस्रो बिबाह कहिले निर्धक्कक भएर स्वकार गर्ला ? प्रश्न आफैलाई सोध्दै फर्किएँ ।

Comments

comments