उत्तर कोरियाली नेता किम जोङ चिन आईपुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटबार्ताको तयारीका लागि आफ्नो निजी रेलमा चढेर किम जोङ सोमबार चिन आएका हुन् ।

आफ्नी पत्नी री सोल जू र कोरियाली उच्च अधिकारी सहित चिनको ४ दिने भ्रमणका लागि बेइजिङ आएका किमले चीनमा रहँदा उनले यहाँका राष्ट्रपति सि जिन पिङसँगै चीनस्थित कोरियाली कुटनीतिक नियोगका अधिकारीहरुसँग पनि भेट्ने बताइएको छ ।

सन् २०११ मा मुलुकको राज्यसत्ता सम्हाले यता कुनै पनि देशको भ्रमण नगरेका किम गत वर्ष पहिलो पटक चीन पुगेका थिए  । गत वर्ष किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्नुअघि र पछि गरी तीन पटक चीन भ्रमण गरेका थिए ।

 

Comments

comments