सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । उद्योग मन्त्रालयले निगमको कार्यकारी निर्देशकका लागि सिफारिस गरेका ३ नाम मध्य सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुरेन्द्र पौडेललाई नियुक्त गरेको हो ।

नियुक्त सुरेन्द्र पौडेलसंगै निगमको कार्यकारी निर्देशकका लागि तारानाथ पौडेल रअनिलकुमार झाको नाम समेत सिफारिस गरिरेको थियो ।

सुरेन्द्र पौडेल यस अघि उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । उदयपुर सिमेन्ट कारखानालाई सुधार गरेर आफ्नो कार्य क्षमता प्रस्तुत गरेका पौडेललाई उनको कार्ययोजनाको आधारमा निगमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालयले स्रोतले जनाएको छ ।

आयल निगमको कार्यकारी निर्देशकमा छनौट भएपछि सोृमबार नै उनले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजिनामा दिएका थिए ।

यस अघिका निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई भ्रष्टाचार अभियोगमा पद मुक्त गरिएको थियो । हिजो खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । । खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार बिगो दावीसहितको मुद्धा दायर भएको हो ।

तत्कालिन संसदीय समितिले जग्गा खरीद प्रक्रियामा खड्कको प्रत्यक्ष संलग्नतामा भ्रष्टाचार भएको ठहर गरेको थियो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, विगो बमोजिम जरिवाना तथा विगो भाराउन माग गरेको छ। खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनयापन गरेको दावी अभियोगपत्रमा गरिएको छ।

 

Comments

comments