जनप्रतिनिधिले कानुन कार्यान्वयन गराउने र सुशासन कायम गर्ने अपेक्षा गरिन्छ । तर कानुन कार्यान्वयन गराउने र नीति बनाउने जनप्रतिनिधिले नै नियम मिचेका समाचारहरु आइरहन्छन् । पोखरामा वडा सदस्यले मापदण्ड मिचेर बनाउँदै गरेको पिल्लरसहित घर सोमबार महानगरले भत्काएको छ ।

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षलाई सार्वजनिक जग्गा संरक्षण वर्षका रुपमा मनाइरहेको छ ।  पोखरा ४ का वडा सदस्य विष्णुमाया परियारले बनाउँदै गरेको घर महानगरले भत्काएको हो । धेरै पटक सूचना दिँदै पनि अटेर गरी आइतबार ढलान गरेको घर महानगरले सोमबार भत्काएको हो ।

विष्णुमायाले जेठ ४ गतेबाट नेपाल स्काउट कास्की शाखासँगैको जग्गामा मापदण्ड विपरीत भवन बनाउन सुरु गरेकी थिइन् । पटक पटक निर्माण सामग्री उठाएर महानगरले लैजादासमेत अटेर गरेपछि मेयर मानबहादुर जिसीले घर भत्काउन निर्देशन दिएका थिए ।

महानगरले पोखरा ५, सीमानामार्गमा रहेको भरत लिगलको ४ कोठे संरचना र ५ बुलौंदीको जमूना क्षेत्रीको ३ कोठे भवन पनि भत्काएको छ । केही स्थानीयले अतिक्रमण गरी बनाएका संरचना आफैं भत्काउने प्रतिवद्धतासमेत जनाएका छन् ।

 

Comments

comments