नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । । खड्काविरुद्ध आज १८ करोड ६६ लाख ५ हजार बिगो दावीसहितको मुद्धा दायर भएको हो ।

आयोगकका प्रवक्ता रामेश्वर दंगालका अनुसार अदालतले अभियोगपत्रमा रुजु गरेपछि मुद्दा दर्ता भएको हो। खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठ तेस्रो साता खड्काले पदबाट राजीनामा दिएका थिए। यस अघि आयल निगमको इन्धन भण्डारण बढाउन जग्गा खरीद गर्ने क्रममा भएको अनियमिततामा मुछिएको भन्दै खड्कालाई असोज २ गते सरकारले बर्खास्त गरेको थियो।

तर सफाइको मौका नदिई बर्खास्त गर्नु गलत भएको भन्दै सर्वोच्चले सरकारको निर्णय उल्ट्याउँदै खड्कालाई काममा फर्किन भने पछि उनी निगममै फर्केका थिए।

तत्कालिन संसदीय समितिले जग्गा खरीद प्रक्रियामा खड्कको प्रत्यक्ष संलग्नतामा भ्रष्टाचार भएको ठहर गरेको थियो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, विगो बमोजिम जरिवाना तथा विगो भाराउन माग गरेको छ। खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनयापन गरेको दावी अभियोगपत्रमा गरिएको छ।

 

Comments

comments