दिपक सरीक

समयका खेतालाहरु
दौडिरहेछन्
असारको चटारो झैं यत्रतत्र
गन्तव्यविहीन कतै यात्रामा
आफूलाई हराइरहेका छन्
खेतालाहरु
न ब्याड न बीउ
न खेत न रोपार
न हली न बाउसे
तै पनि हतारो छ
भाग्यका खेतालाहरु
दौडिरहेछन्
न अन्त्य छ न शुरु
यात्रा अनन्त
तै पनि हतारो छ
विधाताका खेतालाहरु
दौडिरहेछन्
रंगमंचमा नाटक रच्न
हतारो छ उनीहरुलाई
बेनाम सर्वनाम उपनाम
कतै केही छैन
तै पनि हतारो छ
जीवन जियाईलाई लखेटन
अनवरत यात्रामा
चटारो छ
अझ भनौं
हतारो छ

***

 

Comments

comments