प्रथम बृहत खुल्ला गेरुवा गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगिता शुक्रवार देखि गेरुवा गाउँपालिका वडा नं. ४ स्थित नवज्योति बजार खेल मैदानमा सञ्चालन भएको छ । गाउँपालिकाको सहयोग तथा गेरुवा गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

एक समारोहका बिच गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. ले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

जिल्लाका राजापुर नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका २० टिम प्रतियोगितामा सहभागि सहभागि भएका छन् । कैलाली जिल्लाका २ वटा टिम सहित जम्मा २२ टिमले प्रतियोगितामा प्रतिश्पर्धा गर्ने गेरुवा गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष कृष्ण गोपाल चौधरीले बताए ।

प्रतियोगितामा विजेताहुने टिम लाई नगद ५१ हजार र उप विजेता हुने टिमलाई नगद ३१ हजार पुरस्कारको ब्यवस्था गरिएको छ । भने सेमिफाइनल खेल्ने टिम लाई आकर्षक नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता पौष २८ गते सम्म सञ्चालन हुनेछ ।

Comments

comments