नेपाली सहित्यको क्षेत्रमा करिव १० बर्षदेखी सक्रिय त्रिशुली बाङ्मय प्रतिष्ठानले आज शनिवार स्रष्टाहरुको साथमा नुवाकोटको सूर्यचौरमा साहित्यिक भ्रमण गरेको छ । बिगतका दिनहरुमा पनि लेखकहरुका साथमा बिभिन्न स्थानहरुको भ्रमण गर्दै आएको प्रतिष्ठानले आज नुवाकोटको रमणिय स्थल सुर्यचौरमा १ दिने भ्रमणको आयोजना गरेको हो ।

बिहान ९ बजे काठमाडौबाट निस्कीएको टोलीले सूर्यचौरमा बनभोज सहितको सृजना बाचन प्रस्तुत गरेको थियो । प्रतिष्ठानका पदाधिकारी सहित अन्य स्रष्टाहरु समेत उपस्थित भ्रमणमा साहित्यका बिभिन्न बिधामा कलम चलाउने लेखकहरुले आ आफ्ना रचना बाचन गरेका थिए ।

भ्रमणमा कवि तथा लेखक श्रीहरी फुँयाल, राजेन्द्रमान डंगोल, भैरवी ढुंगाना, माधव घिमिरे ‘अटल’, कृष्ण ‘किशु’ न्यौपाने, भुमराज तिवारी, श्यामराज पाठक, आर. एम. डंगोल, डेविड ढकाल, लक्ष्मी रुम्वा, राधा खरेल, ,सुषमा देवकोटा लगायतको उपस्थिती रहेको थियो ।

 

 

Comments

comments