अमेरिकाको क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाईने भएको छ । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानको कदर स्वरुप क्यालीफोर्नियामा आगामी आगामी जनवरी १२ का दिन २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एक्ता दिवस मनाउन लागिएको हो ।

वीर पुर्खाहरुको सम्मान गरौँ भन्ने मुल नाराका साथ मनाउन लागिएको यस कार्यक्रमका लागि गठीत मुल समारोह समितीका संयोजक प्रिन्स युवराज कार्कीका अनुसार यस समारोहको मुख्य आयोजक अमेरिका नेपाली महासंघ, मदरल्यान्ड नेपाल, पश्चिम नेपाल विश्व सहयोग संघ तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना रहेका छन् ।

प्रिन्स युवराज कार्की, निल पाण्डे ,उत्तम क़ार्कि,चन्द्र धिताल, यज्ञ प्रसाद नेपाल तथा मणी नेपाली पनेरु सहितको मूल समारोह समितिका पदाधिकारीका अनुसार कार्यक्रमको सम्पुर्ण तयारी पुरा भै सकेको छ । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मान स्वरुप आयोजना हुन लागेको यस कार्यक्रममा उत्तर क्यालिफोर्नियाका बिभिन्न संघ संस्थाहरु को सहभागीता रहेको छ।

वि।सं।१७७९ पुष २७ गते गोरखामा जन्मेका पृथ्वी नारायण शाहले तत्कालिन समयको स(साना राज्यहरुमा बिभाजित बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी आजको नेपाल राष्टको निर्माण गरेका थिए ।

 

 

मिती:   २०१९ जनवरी १२, शनीवार

समय: अपरान्ह ५ बजे

स्थान : 1269 MacArthur Blvd, San Leandro, CA 94577

 

Comments

comments