चिनियाँ यान चन्द्रमामा सफलता पूर्वक अवतरण भएको छ । चाँग इ-४ नामक उक्त रोबोटिक अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा सफलता पूर्वक अवतरण गरिएको हो ।

बिबिसीका अनुसार उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ। चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ।

 

 

Comments

comments