‘निरन्तर साहित्य सिर्जना, सर्जकहरूको चाहना’ भन्ने सन्देशका साथ सुरु भएको सृजना उत्सवको ३९ औं श्रृंखला सम्पन्न भएको छ । छैटौं बर्षमा प्रवेश गरेको सृजना उत्सवले ३९ औं श्रृंखला अमेरीकाको न्युह्याम्पश्यार राज्यमा सम्पन्न भएको हो ।

यसपटकको शृंखला बोस्टनको छिमेकी राज्य न्युह्याम्पश्यारमा गरिएको थियो । यसअघि पाँचवर्ष पहिले पनि उक्त राज्यमा सिर्जना उत्सव गरि अग्नि पराजुलीको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्पश्यार च्याप्टर गठन गरिएको थियो ।

यसपटकको कार्यक्रमको संयोजन गरेका अग्नि पराजुलीद्वारा रचित राष्ट्रिय गीतहरूको सिडी मेची(कालीको विमोचन पनि गरिएको उक्त कार्यक्रममा दुई दर्जन कविहरूले सिर्जना वाचन गरेका छन् ।

कार्यक्रममा अनु शाह ,लव अधिकारी, पुष्पा ओझा, ममता कर्माचार्य, गोवर्धन पूजा, दीपा राई पुन, महेश्वर पन्त, सुशील नेपाल, यम पौडेल ,कृष्ण गिरी, हरिमाया अधिकारी, सुमन नेपाल, अमिर पराजुली, आरजु पराजुली, आकाश ओझा, कमल ढुंगाना, अग्नि पराजुली लगायतले गीत गज़ल, कविता र भावना व्यक्त गरेका थिए ।

कवि दीपा राई पुनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विमोचित सिडीका बारेमा महेश्वर पन्तले टिप्पणी गरे भने अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे र अनेसास न्युह्याम्पश्यार च्याप्टरका सम्पादक ईश्वरी भट्टले टेलिफोन मार्फत शुभकामना मन्तव्य र सिर्जना वाचन गरेका थिए ।

नयाँ सिर्जनालाई सुनाउने कार्यक्रमका रुपमा सुरु भएको यो कार्यक्रमको चालीसौ शृंखला दीपा राई पुनको संयोजन र धिरज पुनको प्रयोजनमा बोस्टनको एभेरेटमा जनवरीको अन्तिम सातामा बोस्टनमा हुने भएको छ ।

Comments

comments