बिबेक चन्द ठकुरी (मध्यपश्चिम  नेपाल)

बाहीर शुसान, सुसंकृत र राजनैतिक अबस्थाको स्थिरता देखाउनलाई दलिय राजनितिले जती सुकै तामझामका साथ प्रयास गरे पनी भित्र भित्रै निकै नाजुक र थिलथिलो भएको अबस्था नकार्न सकीन्न । हरेक पार्टीका शिर्षस्थ नेताहरु हायलकायल भएको अबस्था छ । जनतामा राजसस्था प्रतिको लोकप्रियता दिन दुई गुणा रात चौगुणा भने सरी बढ्दो छ ।

यसअर्थमा हडबडिएका राजनितिज्ञहरुले आफु बोल्ने अबस्था नभै बिभिन्न पात्र अर्थात राजनैतिक उचाई नभएका कथीत ब्याक्तिहरु प्रयोग गरी राजा र राजसस्थाका बारेमा आपत्तीजनक अभिब्याक्ति दिन लगाएका छन जसको पछील्लो उदारण झपड रावल र रामप्रशाद लगायतका ब्याक्तीहरु हुन ।

संयोगनै भनौ या के ? दलिय राजनिती दलदलमा फस्दै जानु जनताका आषाका केन्द्र भनिएका पछील्ला केही राजनितिज्ञले आफ्नो औकात र हैसियत नंग्याएर छरपस्ट पारे पछी जनतामा निराशा छाउनु स्वाभाविक हो । यही अवस्थामा राजा राजसस्था प्रतिको लोकप्रियता बढेको नकार्दैनन् नेपालका राजनितिक बिश्लेसकहरु ।

सैनिक ईतिहॉसकार तथा राजनितिक बिश्लेसक नेपाली सेनाका पुर्ब सहायक रथी डा. प्रेमशिह बस्न्यातको कुरा सुन्दात अचम्मै लाग्यो । देशमा आम जनताले सोच्दै नसोचेको परिणाम भोग्नु पर्ने अर्थात देश र जनतालाई भारी असर पर्ने ऑकलन गर्नु भएको छ । अति न्युनतम योग्यता भएका हाम्रा देशका राजनितिज्ञ भनाउदाहरुले बिज्ञ र बिश्लेसकका यस्ता कुरा के बुझ्द थिए होला र ?

यस्तै बिज्ञ बुद्वीजिवि तथा राजनैतिक बिश्लेसकहरुको सल्लाह र सुझावमा सॉच्चीकै देशलाई राजनैतिक स्थिरता र शुसासन तर्फ लैजान छोडेर माननिय प्रधान मन्त्री केपी ओलीज्यु बिज्ञ र बुद्वीजिबीलाई थला पार्ने ब्यांग्य मजाक गर्नुहुन्छ । होईन यो देश हॉक्ने हेन्डल हामीले कस्तालाई सुम्पीयौ भनी नेपालीहरु पुरपुरोमा हात राख्न बाध्य छन आज ।

बैदेशीक रोजगारका लागी सक्षम नेपालीहरुलाई कामदारका रुपमा बिभिन्न देशमा पठाउने सम्झौता गरेकोमा ऐतिहॉसीक सफलता ठान्छन । श्रमीकका सेवा सुबिधालाई सामन्य रुपमा सम्बोधन गरीएकोमा नयॉ युगको सुरुवात भएको ठानी करोडौ राज्यको ढुकुटी सकीने गरी बिजुलीका पोल र भित्ताहरुमा आफ्नो फोटो टसाउने काम गर्दा, होईन यो देशमा के भै रहेको छ भनी प्रश्न गर्न मन लाग्दछ । नेपालमा राजसस्था हुदा जम्मा जम्मी ६ हजार नेपाली बैदेशीक रोजगारमा थिए त्यो संख्या गनतन्त्र स्थापना संगै बढेर सरकारी ऑकडा अनुसार ६० लाखमा पुगेको छ र निजी क्षेत्रले ९० लाख भनेको साथै सरकारी ऑकडा नमान्ने पक्षमा छ । १० हजार नेपालीलाई रोजगार दिन नसक्ने हुतिहाराहरुले के परिबर्तनका ठुला ठुला भाषण गर्छन ?

राजसस्था हुदा भएका सकरात्मक परिबर्तन मान्न नसक्ने पाजीहरुले देश र जनतामा आमुल परिबर्तन ल्यायौ भनी फुई नलडाउदा हुन्छ । ऐतिहॉसीक धरोहरहरु मेटाएर, सालीक ढालेर,गर्बिला पुराना ईतिहॉस मेटाएर पनी कुनै नौलो परिबर्तन हुन्छ ? देशमा शुसासन र राजनितिक स्थायित्व चाहाने हो भने बिज्ञहरु सम्मीलीत एउटा समीती बनाई उनिहरुको सरसल्हामा चल्न किन सक्दैनन् ? तिमी नेताहरुको योग्यता र क्षमता हरेक नेपाली जनताले नापी सकेका छन । अब भ्रमको खेती गर्न छोड, १२ बुंदे सम्झौता बुझ्दै नबुझी गरेकोमा हामी बाट त्रुटी भयो, गल्ती भयो भनी माफी माग राजा समक्ष । सग्रह देश र जनताको भलो हुने कुरामा तिमी दुई पैंसेहरुले घुडा टेकेर माफी माग्दैमा केही फरक पर्दैन ।

धर्मनिपेक्षताको बारेमा पनी बुझ्दै नबुझी देशलाई धार्मीक रुपमा नंग्याउने प्रयास हुदै छ । किन हत्या, हिंसा, बलत्कार, चोरी, फटाईका घटना दिनानु दिन बढ्दै गैरहेका छन ? जब जब मान्छेमा धर्म-कर्म प्रतिको आस्था गिर्दो हुन्छ तब-तब यस्ता घटना न्युन हुनको साटो बढ्छन । मान्छेमा नैतिकता, मानबता, ईमानदारीता र सत्यता हराउनाले अमानबिय कृया कलाप बढ्छन । यो सब राजसस्था र धर्म प्रती तिमीहरुले हानेको क्षेद बॉणको कारणले हो । नेपाली मान्छेहरुले ति गुणहरु सबै गुमाउदै र हरादै गएका छन ।

बिगत लामो समय खोक्रो क्रान्तीका नाममा राज्य बिरुद्व लड्दा स्कुल कलेज भत्काउने , बुर्जुवा शिक्षा भनी किताब जलाई कलीला बालबालीका लाई पढ्न नदिई क्रान्तिमा जबरजस्ती होम्ने , भौतिक संरचना नष्ट गर्ने , बिकासका पुर्बाधारहरु मास्ने , भए चलेका कलकारखाना बन्द गराउने यही हो क्रान्ती ? यसैको उपलब्धी हो आज राज्य अराजक बनेको । थोरै मात्र गुदी छ भने सोच अझै सुध्रीने मौका छ ।

नेपालका राजनितिक बिश्लेसक, प्राज्ञ, बिज्ञ बुद्वीजीवीहरुको कुरा मान्ने हो भने देशको अवस्था आज यो हालतमा हुनु गिराजाबाबु र प्रचण्डले तत्कालीन सात राजनैतिक पार्टी सम्मीलीत गराई गरीएको १२ बुंदे सम्झौताको ठुलो हात मानिएको छ । राजनितिक बिश्लेसकहरुको भनाई अनुसार १२ बुंदे सम्झौता एकदमै त्रुटीपुर्ण र अबैज्ञानीक मानीन्छ । तत्कालीन क्रान्तीकारी माओबादी पर्टीले निरंकुस राजतन्त्र र दलीय ब्यबस्था बिरुद्व लड्नु परेको कुरा स्पस्टरुपमा आफ्ना क्रन्तीको एजेन्डामा उल्लेख गरेको छ ।

माओबादीले बृहत शान्ति सम्झौता गरे पछी १२ बुंदेमा हस्ताक्षर गर्न पुगेको राष्ट्र घाती  गिरीजा र सात राजनैतिक पार्टी दलिय ब्यबस्थाका प्रतिनिधी हुन भने तिमीहरुले भनिएको निरंकुश राजतन्त्रको प्रतिनिधी राजा खोई ? आउरे,भाउरे, धुपाउरेलाई दरबारको प्रतिनिधी बनाई राजसस्था बिरुध्द जे बोले पनी एस म्यानको रुपमा मुन्टो हल्लाउने बनाउने तिमीहरुकै टट्टु ल्यायौ हो यहॉनिरै तिमीहरु चुकेका छौ । यही हो तिमीहरुको गल्ती । गिराजा बाहेक तिमीहरु सबै जिउदै छौ । म म भनी आफ्नो गल्ती नसच्याए ठुलै क्षति तिमीहरुले बेहोर्नु त पर्छनै राज्य र जनताहरु पनी यसको मारमा पर्ने निष्चयप्राय छ ।

नेपाली जनता अब त्यती लाटा छैनन् जसरी गणेशमानले नेपाली जनता भेडा हुन भने झैं , संगैको मोर्चामा लडेका कोही लडाकु आज राज्यको ढुकुटी दोहन गरेर सुबिधा सम्पन्न गाडी चढ्ने, आलीसान बंगालामा राजस्सी ठॉटमा बस्ने, करोडौंको लगानीमा छोरा-छोरी अमेरीका युरोपका महंगा युनिभर्सीटीमा पढाउने, अलीकति पढाउने, अलीकति खोकी लागे ज्वरो आए बिदेशी अस्पताल धाउने । कोई अझै एक छाक खान र बिरामी हुदा एउटा सिटामोल नपाउने, नंग्रा खियाई केही गरी खान्छौ भन्दा हिजो बुर्जुवा शिक्षा भनी पढ्न नदीई क्रान्तीमा जबरजस्ती होम्ने आज डिग्रीको सर्टीफिकेट खोज्दा अब पनी बुझ्दैनन् ??? तिमीहरुको खोग्रो क्रान्ती नांगीएको । त्यसै उर्लीएको छैन जनसागर राजाका पक्षमा ।

देशलाई बिकास र समृद्वी तर्फ लैजाने नाउमा भारतको चहाना अनुरुप संघीयतामा लादेर छाती नफलाउदा हुन्छ । देश बिखण्डन तर्फ मोडीएको छ । केही बुझ्ने जनतामा आक्रोश छ , नबुझ्नेहरु धार्मीक र साम्प्रदायीक द्वन्द तर्फ आकर्सीत छन । बिकासका नाममा बिनास तिर डोरीएको छ राज्य । यि याबत कुराहरु बोलीएका छन लेखीएका छन तर सुनियका छैनन् । हुनत समय घर्की सकेको छ, अझै केही सटीक समय छ बेलैमा सचेत हुन नसके देशले सॉच्चीकै डाक्टर बस्न्यातले भनेझै नसोचेको अर्थात कल्पनै नगरेको परीस्थीती भोग्न बाध्य हुने छ ।

धन्यबाद!!!

Comments

comments