टीकापुर घट्ना सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित टीकापुर घट्ना सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या भएको यो मुद्दा आजका लागि पेशी चढेको भएपनि मुद्दा पक्षका कानून व्यावसायीबाट सुनुवाई स्थगित गरिएको हो ।

टीकापुर भएको हिंसात्मक घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र डेढ वर्षिय बालक टेकेन्द्र साउदको हत्या भएको थियो ।  घटनाको मुख्य योजनाकारका रुपमा रेशम चौधरी रहेका छन् ।

घटनाको मुख्य योजनाकारका रुपमा सांसद रेशमलाल चौधरी र घटनामा संलग्न भनिएका  २५ जनालाई विपक्षी बनाइएको छ यस मुद्धामा कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको थियो । मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दाका अभियुक्तहरू सांसद चौधरी डिल्लीबजारस्थित सदरखोरमा बन्दी जीवन बिताइरहेका छन् भने आरोपी लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् ।  दुई नाबालकहरु पोखरास्थित बाल सुधार गृहमा छन् ।

Comments

comments