२०१८ मा गुगलमा सबैभन्दा बढी खोजिए यी कुरा

41

काठमाडौं । कुनै पनि कुरा थाहा पाउनको लागि हामी अहिलेको समयमा सबै भन्‍दा पहिले गुगलमा खोज्न थाल्छौ । के तपाईलाई थाहा छ सन् २०१८ मा सबैभन्दा ज्यादा कुन शब्द गूगलमा खोजियो ? गुगलका सीईओ सुन्दर पिचाईले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेर २०१८ मा विश्वभरका मानिसहरुले सबैभन्दा ज्यादा सर्च गरेको वर्डको बारेमा बताएका छन् ।

#YearInSearch2018 नामबाट २ मिनेट लामो भिडियोमा विश्वभरका मानिसहरुले २०१८ मा ‘गुड’ (राम्रो) चीजको बारेमा खोजी गरेको बताएका छन् । यस बर्ष – ‘राम्रो’ नागरिक कसरी बन्ने , ‘राम्रो’ साथी कसरी बन्ने , ‘राम्रो’ गायक कसरी बन्ने, ‘राम्रो’ डान्सर कसरी बन्ने आदि खोजिएको छ ।

सो भिडियोमा निकै आकर्षक रहेको छ । भिडियोको कलेक्सनमा थाई गुफाबाट उद्दार गरिएका फुटबल टिम, सुन्न असक्षम बालकले कानमा प्रविधिको प्रयोगसँगै पहिलो पटक आमाको आवाज सुनेको , स्टीफन हकिंग्स र जर्ज एच डब्ल्यू बुशलाई श्रद्धाञ्जली दिएको र न्यूजील्यण्डका प्रधानमन्त्रीको छोरीको जन्म आदि भिडियो रहेका छन् ।

ट्विटरमा सुन्दर पिचाईले सो भिडियो शेयर गरेपछि ट्विटर प्रयोगकर्ताले धेरै प्रतिक्रिया दिएका छन् । ट्विटरमा सो भिडियो अहिले सम्म १ हजार ३ सय ९७ पटक रिट्विट गरिएको छ भने ७.६ हजार भन्दा ज्यादा लाइक गरिएको छ । त्यस्तै युट्यूबमा सो भिडियो ४३ लाख भन्दा ज्यादा हेरिएको छ ।

Comments

comments