आँखाका ढिलबाट उसले तुरुक्क आँसु खसाल्यो । एकान्तमा टोलायो । निर्णय सही थियो या गलत । साघुरो कोठाको बेडमा डंलग पल्टियो । कलेटी परेका ओठ सुमसुमायो । बिगतका पाना एक –एक गदै पल्टाउन थाल्छ । हिजो जे थियो आज त्यो छैन । बेडबाट ओर्लिन्छ । टेबलमा भएको मार्बो चुरोटको बट्टाबाट एक खिली निकालेर धुवा उडाउछ । धुवासंगै उडेका सपनाहरुसंग घोत्लिन थाल्छ । बाहिरबाट कसैले ढोका हानेको आवाज संगै ऊ झस्किन्छ ।
समीर छिटो ढोका खोल १
ढोका खुल्छ । हतास मुडमा ढोकामा उभिएको शिवको अनुहार नियाल्छ । छिट्टो हिड न समीर मेरो जीवनसाथी अस्पतालमा सिकिस्त छिन् । रगत चाहिएको छ । तिम्रो ब्ल्ड गु्रप मिल्ने भएर तिमीसंग सहयोग माग्न आएको ।
ढिलो नगरी समीर हाफ भेस्ट मै शिवले हाकेको मोटरसाईकलको पडाडी बसेर हुईकियो । गण्डकी मेडिकल कलेज पोखराको इमरजेन्सी कक्षमा बेहोस अवस्थामा थिइन । उनको अनुहार देख्ने बितिक्कै समीर झस्कन्छ । तिनै सुमी थिइन जसको कथा समीर संग जोडिएको थियो । बिगत सम्झिन चाहेन समीरले । जीवनको याचना गरिरहेकी केवल उनको अबोध अनुहार नियाल्यो ।
ढिलो नगरी रगत दिने बन्दोबस्त ग¥यो । रगत दिएको केही घन्टापछि सुमी होसमा आइन । अस्पतालको बाहिर बसीरहेको समीर ढुक्क भयो । आफनो डेरातर्फ पाईला लम्काउन के लागेको थियो पछाडीबाट कसैले च्याप्प हात समायो । समीर तिम्रो सहयोगप्रति आजीवन ऋणि छु । तिम्रो सहयोगले उनको जीवन रक्षा भएको छ । दुबैले गला मिलाए । शिवसंग विदा भई समीर डेरा तर्फ लम्कियो ।

०००
स्याङजाको बाडखोला गाउ“मा हुर्किएको समीर कलेज पढ्न पोखरा झरेको थियो । पोखराको बगरमा डेरा लिएर पृथ्वीनारायण क्याम्पसमा पढ्न थाल्यो । विज्ञान विषय रोजेको ऊ पढाईमा अब्बल थियो नै गीत लेख्न उसको अर्को पाटो थियो ।
छोटो समयमै ऊ कहलिएको गीतकारमा चिनियो । उसले लेखेका गीतहरु नेपालका लोकप्रिय गायक गायिकाले आवाज दिन थाले । एक पछि अर्को गदै गीतहरु हिट हुन थाले । लोकगीत र आधुनिक गीत लेखन उसको रुची थियो ।
छोटो समयमा नै उसले गीत लेखनमा राम्रो नाम कमाइसकेको थियो । नामसंगै उसको फ्यानहरु पनि बढ्दै गए । तिनै फ्यान मध्येकी थिइन सुमी । सोही कलेजमा व्यवस्थापन संकायमा पढ्थिन उनी । कलेजको खाली पिरियडमा उनिहरु कलेजको डिलमा बसेर गफिन्थे । सुमीले नै पहिलो प्रेम प्रस्ताव राखेकी थिइन । समीरका हदय हुने गीतले सुमीको मुटु भित्र छोएको थियो । गीतको छुवाईले नै प्रेमको बिजारोपण गरायो । उनिहरु दुवै प्रेममा बिलिन भइसकेका थिए । दुबैले सुन्दर बसाउने सपना देखीसकेका थिए । हिट गीत दिएर राष्ट्रिय पहिचान बनाईसकको समीरलाई राष्ट्रिय सम्मानका लागी काठमान्डौबाट निम्तो आउछ । उसले सुमी र घनिष्ठ साथी शिवलाई पनि संगै लैजाने चाहन्छ । एउटै कक्षामा पढने शिवले नै उसलाई गीत लेखनमा हुटहुटी बढाएको हो । हरेक पाईलामा साथीको रुपमा साथ दिइरहेको थियो । समीरको सम्मानमा त्यो दिन उ काठमान्डौ जान भ्याएन । सुमी भने संगै गइन । राष्ट्रिय सभागृहमा आयोजीत भव्य कार्यक्रममा समीरले प्रधानमन्त्रीको हातबाट सम्मान पायो । सुमीको अनुहार त्यो दृश्यले झनै उज्यालियो । सम्मान पछि सुमीले अंगालो भरी कस्दै चुम्बन गरिन । समीरले पनि सुमीको रगत चुहिएला जस्तो पोटिला रातो गालामा म्वाई खायो । रुपमा हेर्दा सुमी फिल्मकी सुन्दर नायिका भन्दा कम थिइनन् ।
भव्य रुपमा भएको यो सम्मानपछि समीर स्थानिय देखि राष्ट्रीय पत्रपत्रिकामा समाचारमा छायो । बधाईले उसको फेसबुक वाल र मोवाइलको मेसेज बक्स ‘ओभरफ्लो’ जस्तो भयो ।

००००

समीर थप अध्ययन र आफनो करिअर उठाउन काठमान्डौ पुग्छ ।सुमीसंग छुटिनु पर्दा मन अमिलो बनाउछ । शारीरक रुपले टाढिए पनि प्रविधिले उनिहरुलाई टाढा बनाएन । म्यासेन्जर र फोनमा उनिहरु घन्टौ गफिन्थे । समीर ठुलै नाम चलेको सेलिब्रेटी भइसकेको थियो उसका गीतका मागहरु झनै बढ्दै गयो । अध्ययनसंगै गीत लेखनले व्यस्तता बढाउदै लग्यो । सुमीसंग पनि कुराकानी पातलिदै जान थाल्यो । म्यासेन्जर चेक गर्छ, म्यासेज केही देख्दैन । फोन गर्छ फोन उठ्दैन । लामो अन्तरालपछि उताबाट सुमीको फोन आउछ–‘हेल्लो राजा सन्चै छौ ।, ड्याडी ममीले बिहेको कुरा गर्नु भाछ, माग्नलाई तिमी मेरो घरमा आउ ल ।’ म भोली नै आउछु ल भन्दै समीरले फोन राखिदियो ।
समीर सोच्न मग्न हुन्छ । किन बिहेका लागी घरमै माग्न आउन भनिन । दुबैजना मन्दिरमा गएर पनि बिहे गर्न सकिन्थ्यो । प्यारा किया त्यो डरना किया भने जस्तै लागेको थियो समीरलाई । पोखरा छाडेर काठमान्डौ बस्न थालेको पनि दुई वर्ष भईसकेको थियो । यो अवधिमा सुमी एक पटक मात्रै उसलाई भेट्न काठमान्डौ आएकी थिए । दुवै जना त्यतिबेला नगरकोट घुम्न गएका थिए । दुवै जनाले गोपिकृष्ण हलमा दिलवाले दुल्हनिया ले जाएंगे सिनेमा हेरेका थिए । फिल्म हेदै दुवै जना संग रोएका पनि थिए । समीर पनि सुमीलाई भेटन महिना बिराएर पोखरा पुगिरहेको हुन्थयो । कहिलो फेवाताल, बेगनासतालमा बोटिङ गदै रमाउथे । डेटिङका लागी घान्द्रुक धम्पुस पनि पुगेका हुन्थे । उनिहरुको जोडी देख्नेहरु कस्तो चखेवा र चखेवी भन्दै तारिफ गर्थे ।

००००
सुमीको फोन आएको भोलीपल्ट सखारै टुरिष्ट बस चढेर उ हुइकियो पोखरा । बस गुडीरहेको थियो । कानमा एयरफोन लगाएर गीत सुन्दै थियो । युट्युबका गीत सर्च ग¥यो– ‘माया नै माया छ तिम्रो नाउमा तिम्लाई भेट्न आउदैछु तिम्रो गाउ“मा ।’ मनमा अनेक कुराको गम खादै ऊ यात्रामा निस्कियो । केही घन्टाको यात्रापछि ऊ पोखरा पुग्यो । पृथ्वीचोकमा उर्तियो । सिधै ट्याक्सी लिएर पुग्यो सुमीको घर बगर । अंजंगको बंगला रहेछ घर । ऊ झस्किन्छ आफनो गाउ“को सानो झुपडी र यो महल देखेर । उसको र सुमीको आर्थिक स्तर तुलना नै हुदैनन्यो । कहा“ व्यापारिक घरानाकी छोरी सुमी र कहा“ खेतीकिसानी बाआमाको छोरा समीर । घर भित्र छिदै ऊ अर्के संसारमा प्रवेश गरे जस्तो लाग्थ्यो । सामान्य डेरामा जीवन बिताईरहेको समीरलाई त्यो आलिसान महल र भित्री सजीसजाउ बेग्लै लाग्नु स्वभाविक पनि थियो ।
ए समीर तपै पो, सुमीका ड्याडले जु“गा मुर्सादै मुख खोले । आडैमा बसेकी छिन् ममी पनि । सुमी अलि पल्तिरको सोफामा छिन् । समीरले नमस्कार गर्छ । केही औपचारिक कुराकानी पछि समीरले सुमी र आफुले प्रेम गदै आएकाले बिहे गर्न चाहेकको बताउछ । सुमीका ड्याडी धनले परिपुर्ण भए पनि नाम भने गरिबमान क्षेत्री । गरिबमानले पहिलो प्रश्न गरे– तपाईको घर जग्गा पोखरा–काठमान्डौ कहा“ कहा“ छ ? उनको प्रश्नको जवाफ समीरसंग थिएन । न उसको सहरमा घर थियो न जग्गा । उसले जे हो त्यही जवाफ दिन्छ– मेरो गाउमा सानो घर र पाखोबारी मात्रै हो । सहरमा घर भनेको डेरा हो । अरु केही छैन ।
गरिबमान कुर्लिन्छन्– ‘सहरमा घर जग्गा नै नभएको मान्छेलाई म मेरो छोरी कसरी दिन सक्छु र ? छोरीलाई पाल्न कम्तिमा घर त हुनु परो नि सहरमा ।’
यस्तो केही नभएकोलाई म मेरो छोरी दिन सक्दिन ।’ बास्तवमा धनसम्पत्तिले भरिपुर्ण भए पनि नाम जस्तै मनका गरीब रहेछन् गरिबमान । धनको उन्मुक्ताले उनि उम्लिएका रहेछन् ।
गरिबमानको यो कुराले केही क्षण घरमा मौनता छाउछ । सुमी उधो मुन्टो लगाएर बस्छिन् । ड्याडीको कुरोमा कुनै प्रतिकृया जनाउदिनन् । समीरलाई आत्मसम्मानमा चोट पुगेको अनुभुत हुन्छ । चिटचिट पसिना आउछ । जवाफ दिन रहन उसले उचित ठानेन । गरिबमानले नै मुटु चस्स– चस्स हुने गरी जवाफ दिइसकेका थिए ।
उ सोफाबाट जुरुक्क उठ्छ । कसैले उसलाई बास्ता गदैनन् । अमिलो मन बोकेर महलबाट लुसुक्क बाहिर निस्कन्छ । फेरी ऊ दायाबाया केही नसोची बस समातेर काठमान्डौ हुईकिन्छ । त्यसरी निस्केको उसलाई सुमीले एक पटक फोन गर्दिन्न । उसले पनि फोन गर्ने आ“ट गदैन ।महिना हुदै वर्ष बित्यो उनिहरुको सम्पर्कबिच्छेद भयो । केवल समीरका मनमा एउटै बाक्य गुन्जिरहन्थयो–सहरमा घरघडेरी नभएकालाई म कसरी छोरी दिन सक्छु र ? सहरमा उसको घर अनि घडेरी नहुनु उसको कमजोरी थियो त । सुमीले किन त्यो प्रेमलाई लत्याइन ।
आखिर प्रेम भन्दा माथि घर घडेरी भइदियो उसको जीवनमा । सुमीले पनि पिताको अगाडी धनसम्पत्तिलाई गौण ठान्दै प्रेमलाई दर्शाउन सकिन । समीरसंग गरेको प्रेमलाई देखाउन सकिन । किन सुमीले घरमा बोलाएर प्रेमको परीक्षा लिइ । जुन परीक्षामा उसले समीरलाई फेल बनाइन । ठुलो झटारोले हानिन । यी यस्तै सोचमा डुब्दै थियो समीर । लामो समय पछि शिवको फोन आउछ । ऊ पनि पोखरा छाडेर काठमान्डौ आएको रहेछ । घर किनेर उसको परिवार नया वानेश्वर सरेको रहेछ । ठुलो आइएनजिओ संस्था चलाउने उसका बाबुसंगै ऊ काठमान्डौ आएछ । फोनमा धेरै कुराकानी भए दुवैको । तर समीर र सुमी प्रेमप्रेमिका हुन भन्ने बारेमा शिवलाई पत्तो थिएन । सामान्य चिनजानका साथी हुन भन्ने थाहा थियो । समीर झन्डै १५ दिनका लागी साहित्यिक उत्सवमा बनारस जादै थियो । शिवले खासमा आफनो बिहेको निम्तो दिनका लागी फोन गरेको रहेछ । तर भोलिपल्ट नै समीर बनारस जादै थियो । साथीको बिहेमा जान नपाएकोमा उसलाई खसखस भयो । ल वैवाहिक जीवनको शुभकामना तिमीलाई । हेर न म भोली नै पन्ध्र दिनका लागी बनारस जादैछु । सरी यार भन्दै समीरले फोन राख्यो ।

००००

आफुले रगत दिएर बचाएको शिवको श्रीमति त तिनै सुमी रहिछन् । उनिहरुले प्रेम पछि विवाह गरेका रहेछन् । यो थाहा पाएपछि समीरलाई पीडा हुन्छ । धनसम्पत्तिका अगाडी आफु प्रेममा हारेको ठान्छ । घर जग्गा सम्पत्ति सबै परिणपुर्ण देखेर गरिबमानले हा“सी– हा“सी आफनी छोरी शिवलाई कन्यदान दिएका रहेछन् । आफुलाई रगत दिएर जीवनदान दिने समीर भएको कुरा थाहा पाएपछि उता सुमीलाई आत्मग्लानी हुन्छ । उसले बिगतको प्रेम सम्झिन्छे । घरमा ड्याडीले दिएको रुखो वचन सम्झन्छे । उसलाई हिनताबोधले सताउछ । जिन्दगीमा पछुताउनु बाहेक उसले केही गर्न सक्दिन । समीरलाई भेटेर माफी माग्न चाहन्छे तर धेरै ढिलो भइसकेको थियो ।

Comments

comments