सेल्फ डिफेन्सको तिन महिने ट्रेनीङ कार्यक्रम सातै प्रदेशमा हुदै

33

काठमाडौं–नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेशनको आयोजनामा सेल्फ डिफेन्सको ज्ञान बाढ्दै महिला हिंसाको न्यूनिकरण गर्ने उदेश्य तीन महिने अभियान शुरू भएको छ । गएको शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रम मार्फत युवा तथा खेलकूद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले अभियानको उद्घाटन गर्नु भएको हो ।

अर्गनाइजेशनका अध्यक्ष डि. वी. रानापालका अनुसार महिलालाई सेल्फ डिफेन्सको ज्ञान दिदै भइपरी आउने जोखिम र महिला हिंसाका घटनालाई न्यूनिकरण गर्ने उदेश्यले सञ्चालित यो अभियान सातै प्रदेशका विभिन्न ठाउँमा तीन महिनासम्म चल्ने छ ।

सेल्फ डिफेन्सकी मुख्य प्रशिक्षक सञ्जु महर्जनको संयोजकत्वमा सञ्चालन हुने यो प्रशिक्षणमा सेल्फ डिफेन्सका १५ जना प्रशिक्षकहरूले देशका विभिन्न ठाउँमा पुगेर सेल्फ डिफेन्सको ट्रेनीङ दिनेछन् । तीन महिने अभियानको उद्घाटन गर्ने कार्यक्रममा नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेशनले विभिन्न क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान पनि गरेको थियो ।

यसरी सम्मानित हुनेमा ज्ञान ज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाकी निवर्तमान अध्यक्ष मम्मई लामा, काठमाडौं मेडिकल कलेजका बरिष्ठ प्रशासकीय प्रबन्धक प्रकाश कुमार भटुराई, काठमाडौं महानगरपालिका वडा नम्बर ९ का वडासदस्यद्वय टेकराज अधिकारी, सृजना भेट्वाल, युवा उद्यमी अशोक कुमार श्रेष्ठ, पत्रकार लक्ष्मी बस्नेत, सरिता श्रेष्ठ र बाबुराम तिमिल्सिना सम्मानित भएका हुन् । सम्मानित हुनेलाई युवा तथा खेलकूद मन्त्री जगत बहादुर सुनार ( बिश्वकर्मा) ले दोसला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

Comments

comments