मोटोपन मधुमेहको मुख्य कारण

44

काठमाडौं: बदलिदो जीवनशैली, अत्यधिक मोटोपन, शारीरिक निस्क्रियता तथा अत्यधिक मादक पदार्थको सेवनका कारण विश्वभर मधुमेह पिडितको संख्या बढेको विभिन्न तथ्याङ्कले देखाएका छन् । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस मधुमेहको जोखिममा छन् । आधाभन्दा बढी मानिसलाई त अझ आफूलाई मधुमेह भएको समेत थाहा नहुने अवस्था रहेको संघले जनाएको छ । नेपालमा मधुमेह रोगीको यकिन तथ्याङ्क नभएपनि कुल जनसंख्याको करीब २० प्रतिशत मानिसमा मधुमेह रहेको आंकलन चिकित्सकीय संघसंस्थानहरुको छ ।

असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको संख्या बढ्दै गएको छ ।जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएको छ । मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटक पटक पिसाब हुनु, पिसाबको मात्रा धेरै हुनु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, रुचि बढ्नु वा भोक धेरै लाग्नु, बराबर घाउ खटिरा आउनु तर निको हुन समय लाग्नु, शरीर खासगरी गुप्ताङ्क चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झम्झमाउनु मधुमेहको मुख्य लक्षण हुन् । यसैबीच आज नेपाल सहित विश्वभर‘परिवार र मधुमेह’ भन्ने नारासहित विश्व मधुमेह दिवस मनाइँदैछ ।

Comments

comments